Khabar Dabali Logo
  July 2, Thu

जेष्ठ नागरिकबाट आर्शीवाद लिन उम्मेदवारको होडबाजी

कास्की । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले आज पोखरा महाकाली चोकबाट स्थानीयवासी ९८ वर्षीया त्रिलोचना आचार्यबाट आशीर्वाद लिएर घरदैलो शुरु गरेका छन् ।

पौडेललाई टीका लगाइदिएर चुनावमा विजयी हुन आर्शीवाद दिँदै आचार्यले भने, ‘चुनाव जित्नु, जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू ।’ खेमराज अहिलेसम्म लोभ मोहमा नफसेको बताउँदै, उहाँले लामो समय राजनीति गरी जनताको सेवा गरेका पौडेलले यो चुनाव जित्नुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रूपमा अघि सारेका कारण पार्टी पङ्क्तिमात्र नभई सबैमा उत्साह थपिएको बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई परास्त गर्दै सही बाटोमा हिँडाउन यो उपनिर्वाचनमा कांग्रेसको विजय आवश्यक भएको उहाको भनाइ थियो ।

कांग्रेसले आज पोखरा ३३ मा घरदैलो सकी भोलि पोखरा–९ मा घरदैलो र पोखरा–१७ मा कोणसभा गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

मंसिर २ गते, २०७६ - १२:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराति फेसबुकमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

तुलसीपुर । मध्य राति फेसबुकमा लाइभ गर्दै एक युवतीले आत्महत्या गरेकी छिन् । दाङको तुलसीपुर उपमहानगरपालिका(५...   

ओली निकटका नेताहरु प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूलाई...   

पेप्सिकोलामा ‘लिभिङ टुगेदर’मा बस्दै आएका जोडीले एउटै पासोमा झुण्डिएर गरे आत्महत्या

काठमाडौं । काठमाडौको पेप्सिकोलामा बस्दै आएका एक जोडी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको छ...   

नदीमा डुबेर युवतीको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । मृत्यु...   

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

काठमाडौ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड...   

दुई दिनदेखि दाङमा सलहको नोक्सानी

दाङमा । मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको...   

समितिबाट पारित निजामति सेवासम्बन्धी विधेयकप्रति ट्रेड युनियनको आपत्ति

काठमाडौ । आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श...   

बनेपामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–२ डुडामुखस्थित...   

ललितपुरमा २ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना पोजिटिभ

काठमाडौं । ललिपुरमा २ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य...   
टिपरको ठक्करबाट ५ जना सैनिक घाइते

टिपरको ठक्करबाट ५ जना सैनिक घाइते

गोरखा । जिल्लाको गोरखा नगरपालिका(११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top