Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

भारतसँग सीमा विवाद चर्किरहँदा, नाइट क्लबमा पूर्वराजाको मस्ती (भिडियोसहित)

काठमाडौं । भारत सरकारले लिम्पियाधुरा, लिपूलेक र कालापानीसहितका नेपाली भूभाग आफ्नो नक्सामा गाभ्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा निकै विरोध भईरहेको छ । आम नेपालीहरु भारतीय शैलीको विरोधमा आवाज उठाईरहेका छन् ।

नेकपा नेतृत्वको सरकारले पनि मिचिएका सबै भूभाग फिर्ता गराउने भन्दै कुटनीतिक पहल पनि अगाडि बढाएको छ । तर, नेपाल एकिकरण गर्न अह्म भूमिका खेलेका राजपरिवारका सन्तान भने मौन देखिएका छन् । पूर्वराजा र राजपरिवारको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छ ।

यसैबीच सीमाविवादको आन्दोलनमा चर्किरहेका बेला पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुको डान्स क्लबमा मस्ति गरिरहेको विषय बाहिर आएको छ । काठमाडौंको ठमेलस्थित एलओडी नामको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यहरु मस्ति गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको राष्ट्रिय गीतमा पूर्वराजपरिवारका सदस्यहरु मस्तिमा नाचिरहेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा राजपरिवारको साथमा कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले पनि रमाईलो गरेको भेटिएको छ ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहले मस्ति गरेको भिडियो

राष्ट्र र राष्ट्रियताको प्रतिक राजपरिवार भनेर वहस चलाईरहँदा राजपरिवारको यस्तो क्रियाकलापले आम नेपाली भने दुखी भएका छन् । सामाजिक सञ्जालमार्फत धेरैले राजपरिवारको यस्तो शैलीको विरोध गरेका छन् । आम सर्वसाधारण नागरिकको हैसियतमा रहेका भएपनि राजपरिवारको यस्तो शैली सुहाउने नभएको धेरैको प्रतिक्रिया छ । राजा भईसकेका ज्ञानेन्द्रको यस्तो शैली असान्र्दभिक र असहज लाग्ने खालको भएको धेरैले प्रतिक्रिया दिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले भने गरे प्रशंसा

हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने राजपरिवारको यस्तो कामको प्रशंसा गरेका छन् ।

https://twitter.com/KTnepal/status/1196099939564216328

उनले सामाजिक सञ्जालमार्फत राजाको मस्ति गरेको भिडियो शेयर गर्दै “जनताको राजा, नागरिक राजा, जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने ।” भनि प्रतिक्रिया दिएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies