Khabar Dabali Logo
  July 7, Tue

मन्त्रिपरिषद पुर्नगठनबारे प्रचण्ड र माधब नेपालबीच छलफल

काठमाडौं । मन्त्रीमण्डल हेरफेर तथा समसामहिक विषयबारे निर्णय लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधब नेपालबीच प्रचण्ड निवास खुमलटारमा करिब ४५ मिनेट भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटिरहँदा प्रचण्ड र नेपालकबीचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको जमघट रहेको थियो ।

भेटवार्तामा सुरुङमार्ग, हाइड्रो पावर लगात विषयमा छलफल भएको भनिए पनि मन्त्रिमण्डल पुनर्गठमा सम्भावित नयाँ मन्त्रीको विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको आज सिंहदबारबाटै उदघाटन कार्यक्रम सकएपछि प्रचण्डसँग उनले भेट्ने कार्यसूची बनाएका छन्। उर्जामन्त्री वर्षमान पुन पनि दाहाल निवासको छलफलपछि परियोजना उद्घाटन समारोहमा भाग लिन हेलिकप्टरमा नुवाकोटको किसपाङ गाउँपालिका पुग्नेछन् ।

ओली–दाहालको अन्तिम छलफलपछि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेछन् । नेकपाको सचिवालय बैठकले आइतबार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पूर्नगठनका लागि सैद्धान्तिक सहमति दिएको थियो।

मंसिर २ गते, २०७६ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

बेइजिङ । पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको...   

नेकपाका नेताले भने, पार्टीको विवाद आपसी समझदारीमा हल गर्नुको विकल्प छैन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा...   

कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

काठमाडौ । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत...   

आज भक्तपुरमा थपिएका १० संक्रमित कहाँका थिए ?

काठमाडौं । आज भक्तपुरमा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...   

रोकिएन सिमामा भारतीय हस्तक्षेप : हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध

भीमदत्तनगर । कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले...   

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात...   

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

भोजपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...   
बालिका बलात्कार गरी हत्या अभियोगमा एक भारतीय नागरिक पक्राउ

बालिका बलात्कार गरी हत्या अभियोगमा एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम । धनुषामा एक बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरी...   

कोरोनाबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ...   

बन्दाबन्दीले ‘छ लेन’ सडक निर्माण कार्य सुस्त

धनगढी । सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ‘छ लेन’ सडक निर्माण कार्यको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top