Khabar Dabali Logo
  July 5, Sun

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

सल्यान । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।

वि.सं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् ।

तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए । शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका छन् ।

‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे’, उनले भने ।

आगामी दिनमा राजनीतिमा नफर्कने भन्दै उनले शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहाना रहेको बताए ।

उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका थिए । सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । रासस

मंसिर २ गते, २०७६ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या १५४ पुग्यो, कहाँ कति छन् संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १५४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका...   

कोरोना रोकथामसँगै अर्थतन्त्रलाई पुरानो लयमै फर्काउने काम गरिरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका...   

एघार अन्तर्राष्ट्रिय उडान : अलपत्र परेका एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत...   

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिइने

पटना । भारतको बिहार राज्यले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति...   

कोरोनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनले विश्वमामहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान...   

मुलुकभर १६ विपद्का घटना : नौ को मृत्यु, २० घरमा क्षति

काठमाडौ । मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।...   

रुकुम हत्याकाण्डबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह

काठमाडौ । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित...   

कर्णालीमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २००...   
भोली व्यास जयन्तीमा सार्वजनिक बिदा

भोली व्यास जयन्तीमा सार्वजनिक बिदा

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक...   

कृषकलाई बाँदर धपाउन एयर गन वितरण

अर्घाखाँची । केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि छत्रदेव गाउँपालिकाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top