


एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुने मन्त्री मगरको प्रतिबद्धता



- मंसिर १ गते, २०७६ - २२:२५

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकि छिन् ।
कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताएको हो ।
सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताए । ‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो ।’ उनले भने, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’
उहाँले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताइन् । यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उनले भनिन्, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’
मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरिन् । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरिन् । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।
मन्त्री मगरले सोमबार नै प्राबिधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालिन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मेलम्चीका सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी...तुम्कोट भिरमा टिपर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते
हुम्ला । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी...मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै
लहान । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार...जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर...१९ वर्षीया सन्तोष पन्त मृत भेटिए
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा...काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डाहरू
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक...हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ...स्थानीयको गुनासो : गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् !
जाजरकोट । नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका भए । यहाँ सानो हुँदादेखि गाउँमा पानी...हुम्लामा फेरि हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्ला । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले...स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीर घाइते
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने...

प्रतिकृया लेख्नुहोस्:
- तुम्कोट भिरमा टिपर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते
- मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै
- जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
- १९ वर्षीया सन्तोष पन्त मृत भेटिए
- काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डाहरू