Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एकतालाई व्यवस्थापन गर्न नसके पार्टीमा बिग्रह आउन सक्छ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई व्यवस्थापन गर्न नसके पार्टीमा बिग्रह आउन सक्ने खतरा रहेको बताएका छन् । राष्ट्रिय युवा संघको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई सहि रुपमा लैजान एकता प्रक्रियालाई छिटो व्यवस्थापन गर्नुपर्ने औंल्याए ।

अध्यक्ष प्रचण्डले भने, “अब एकतालाई सही व्यवस्थापन गर्न सकिएन भने पार्टिमा बिग्रह आउने खतरा छ । विश्वास हाम्रो पक्षमा छैन । उनिहरु हामीलाई सिद्ध्याउन घेराबन्दी गरिराखेका छन । यसमा युवाहरु सचेत रहनु आवश्यक छ ।”

प्रचण्डले एकता प्रक्रियामा तत्कालिन दुवै पार्टीलाई उचित स्थान दिइएको भन्दै एकता प्रक्रियालाई पार्टीका सबै नेता तथा कार्यकर्ताले गहिरो गरि बुझ्न आवश्यक रहेको बताए ।

“पार्टी सिद्धान्तमा मदन र प्रचण्ड दुबैलाई सम्मान गरेको छ । जबज र एकाइसौं जनबाद एउटै हो । एकले अर्कोलाई निषेध गर्न खोजिएको छैन । त्यसकारण यस प्रक्रियालाई गहिरो गरी बुझ्यो भने पार्टी सुढृत हुँदै जान्छ । पछाडी फर्के पार्टी सिद्धिन्छ ।”

मदनसँग बसेर निर्णय लिएको भए ५२ मै देशले कोर्स फेर्दथ्यो

नेकपा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु भित्रको टुटफुट र बिग्रहको कारण राष्ट्रले क्षति ब्यहोर्दै आएको पनि बताएका छन् । उनले ०५२ सालमै मदन भण्डारीसँग राम्रोसँग छलफल हुन सकेको भए देशले नयाँ कोर्स लिने अवस्था रहेकोसमेत स्मरण गरे । प्रचण्डले मौकाको फाईदा लिन नसक्दा राजनीतिकको चक्रब्यूहमा फस्दै आएको उदाहरण औंल्याए ।

“मौकाको फाइदा उठाउन सकेन भने राजनीतिको चक्रब्यूमा फस्छ, म र मदनबीच एक ठाउँमा बसेर निर्णय लिएको भए ५२ साल मै देशले कोर्स फेर्दथ्यो”, प्रचण्डले भने ।

उनले पार्टी एकता गर्दा नीति सिद्धान्त केहि पनि नहेरिएको पनि स्मरण गरे । “दुई मुर्ख मिलेर नेकपा निर्माण भयो, यसमा नीति सिद्धान्त केहि पनि हेरिएन” अध्यक्ष प्रचण्डले अघि भने, “अहिले बिगतका तितो यथार्थ बिर्सेर सबै एकठाउँमा जम्मा भएका छौं, यो एकता बिश्वकै लागी अनौठो विषय बनेको छ ।”

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies