Khabar Dabali Logo
  July 11, Sat

वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएका छन् : रजनी केसी

कास्की । मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।
पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताइन् । तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरिन् ।

सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए ।

यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ ।

मंसिर १ गते, २०७६ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेको उद्धार (मृतकको सूचीसहित)

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनाको भने...   

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै, चार बीमा कम्पनीको साधारण शेयर आउँदै

काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन...   
प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका...   

हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना...   

जम्बुमा बेपत्ता २० जनाको खोजीकार्य जारी, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता...   

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर...   

तनहुँमा भारतबाट आएर पाँच दिन क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको...   

एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

बैतडि । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन...   
कमला नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

कमला नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

लहान । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला...   

तेस्रो मुलुकबाट २०५ काभ्रेली फर्किए

काभ्रेपलाञ्चोक । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top