


चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए



- मंसिर १ गते, २०७६ - १८:४६

बैतडी । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पर्चौडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा–पम्प्लेट र नमूना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाइएको छ । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरुले मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ ।
मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने भएका छन् । बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
आठजना चुनावी मैदानमा
यही मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा आठजना चुनावी मैदानमा रहेका छन् । जिल्लाको दोगडाकेदार–४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिएका छन् ।
यस्तै सुर्नया–१ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उता पुर्चौंडी–४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।
चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए
उपनिर्वाचनमा बैतडीमा चार हजारभन्दा बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
निर्वाचन हुने ३ वडामा पाँचवटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका– ४ मा महादेव मावि सिवावो, पहरोल मावि बाङ्गा मतदान केन्द्र तोकिएका छन् ।
पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।
वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका उम्मेदवारी दिएका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल
रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले...सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक
काठमाडौँ । उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण...अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले...चितवनमा बस पल्टँदा १३ घाइते
चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला...जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री
काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्...भक्तपुरमा बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको...भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा)...उपसभामुखलाई नै सभामुख बनाउन जरोकिलो पार्टीकाे माग
काठमाडौ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको...सडक दुर्घटनामा परी तेह्रको मृत्यु
इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी...कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन
सर्लाही। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई...

प्रतिकृया लेख्नुहोस्:
- धनुषा बम विस्फोटमा संलग्न भएको आशंकामा बिप्लवका कार्यकर्तासहित दुई पक्राउ
- गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई शिक्षामन्त्री पोखरेलको सूझाव
- अधिकांश प्रहरी कार्यालय भाडाको घरमा
- अज्ञात समूहद्वारा गाउँपालिका कार्यालयमा बम विस्फोट
- दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक : मन्त्री पोखरेल
- वर्षातले इँटा नष्ट हुँदा करोडौं घाटा
- भारी हिमपातका काणर सुदूरपश्चिमको सञ्चार सम्पर्क विच्छेद, जनजीवन प्रभावित
- नेपाली सेना सवार बस दुर्घटना : तीस घाइते, केहिको अवस्था गम्भिर
- सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध
- शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल