



प्रहरी चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु




- मंसिर १ गते, २०७६ - १८:३०

चितवन । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।
कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए ।
घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा
काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन्...राजधानीको यी स्थानहरुमा भोली सवारी साधन चलाउन नपाइने
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार...गल्फमा नेपाललाई दुई स्वर्ण
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको...समृद्धिका लागि पाँच आधार तय गरिएको छ : उपप्रम पोखरेल
काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा,...बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो
विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजलाई विराट नर्सिङ होम बाट एम्बुलेन्समा...पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक
काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा...जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले
झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले...एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र...यस्तो रह्यो आजको बिदेशी विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३...डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु
भारत । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध...

