Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बामदेवको गर्जन, दुई वर्षमा सिंगो देशलाई कम्युनिष्टमय बनाउँछौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमले दुई बर्षभित्र सिंगो देशलाई कम्युनिष्टमय बनाउने दावी गरेका छन् ।

राष्ट्रिय यूवा संघ नेपालको काठमाडौंमा भएकोे प्रथम एकता केन्द्रीय कमिटी बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले त्यसको लागि तयारी अवस्थामा जुट्न राष्ट्रिय युवा संघलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा गौतमले भने, ‘सिंगो देशलाई कम्युनिष्टमय बनाउन अब कसैले रोक्न सक्दैन यस अभियानलाई सफल बनाउन हामी दुई बर्षभित्र ३२ लाखलाई कम्युनिष्ट पार्टीको सदस्य बनाउँदै छौं । यस मञ्चमा आसिन युवा साथीहरुलाई साक्षि राख्दै भन्न चाहन्छु, प्रत्येक एक जनाले चार जनालाई कम्युनिष्ट सदस्य बनाउन तयारी अवस्थामा रहनुहोस ।’

गौतमले राष्ट्रिय युवा संघ नेपाल कम्युनिष्ट बनाउने पहिलो भट्टि भएको भन्दै क्षमतावान युवाहरुलाई समेट्ने गरी अघि बढ्न आग्रह गरेका थिए । युवाहरु अव तास र जुवाको खालमा जीवन बर्वाद नगरी देश निर्माणतर्फ जुट्ट आग्रह गरे ।

उहाँले आर्थिक समृद्धिमा ५ बर्षमा भारत र १० बर्षमा चीनलाई समेत उछिन्ने दावी गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउँदै राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले विश्वको ध्यान सगरमाथा जस्तै उचाइमा पुगेको नेपाल कम्युनिष्ट पार्टीप्रति रहेको भन्दै उहाँले कम्युनिष्ट पार्टीको झण्डालाई कहिल्यै झुक्न नदिने प्रण गरेका थिए ।

राष्ट्रिय युवा संघ र योङ कम्युनिष्ट लिग(वाइसिएल)बीच एकता भएपछि यो प्रथम पूर्ण केन्द्रिय कमिटी बैठक बसेको हो । एकतापछि राष्ट्रिय यूवा संघ नेपाल ३ सय ३५ सदस्य केन्द्रिय कमिटी भएको छ ।

बैठकले संगठनात्मक प्रतिवेदन, आन्तरिक विधान तथा आगामी रणनीतिबारेमा निर्णय लिने यूूवा संघले जनाएको छ । पूर्ण केन्द्रिय कमिटीको एजेण्डा अनुमोदन गर्न राष्ट्रिय युवा संघले आइतबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies