Khabar Dabali Logo
  July 5, Sun

थप उपचारका लागि आज फेरि प्रधानमन्त्री ओली अस्पताल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् ।

आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि आज अस्पताल बोलाएका थिए ।

गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन् । आज उनको नियमित जाँच गराइनुका साथै नियमित जाँच हुने बालुवाटार स्रोतले जनाएको छ ।

१३ गते उपचारपछि फर्केपछि उनलाई डायलासिस भने गर्नुपरेको छैन । प्रधानमन्त्री ओलीले यदी नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थितीमा रहेका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरुसँग परामर्श लिइरहेका छन् ।

उनले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा पनि बुझिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसनिम्ति उनका निजी चिकित्सक प्रा।डा। दिव्यसिंह शाह अमेरिका पुगेर फर्किसकेकी छिन् ।

प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आउनुभएको छ । सोही उपाचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरकोको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ उनले शरीरमा रहेको एन्टिबडीलाई नष्ट गराएका थिए ।

कात्तिक ३० गते, २०७६ - ०९:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तानातानमा वामदेव गौतम

काठमाडौं । पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव...   

राष्ट्रपति र म विरुद्ध षड्यन्त्र भयो : ओली

‘जुनसुकै कदम चाल्ने अवस्था आउन सक्छ’ काठमाडौं । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री...   
को बन्लान् आईजीपी ?

को बन्लान् आईजीपी ?

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै...   

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम...   

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने...   

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’...   

पर्यटनमा ४१ अर्ब क्षति

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान...   

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र...   

काठमाडौंमै कोरोना संक्रमितको मृत्यु, ठूलो दुर्घटना निम्तिन सक्ने चिकित्सकको चेतावनी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा शुक्रबार एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा...   

दुई साता बित्दा पनि रिपोर्ट नआएपछि सल्यानको क्वारेन्टाइनबाट भागे ७० जना

सल्यान। पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top