Khabar Dabali Logo
  December 6, Fri

आज कीर्तिपुर क्रिकेट मैदानमा भारतीय क्रिकेटर तेन्दुलकर बालबालिकासँग क्रिकेट खेल्दै

काठमाडौं । शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् ।

युनिसेफको आयोजनामा हुन गइरहेको उक्त खेलमा एउटा टिमको कप्तानी सचिनले गर्नेछन् भने अर्को टिमको कप्तानी विनोद दासले गर्नेछन् ।

बाल अधिकारको पक्षमा सन्देश दिन १०/१० ओभरको क्रिकेट खेल आयोजना गरिएको हो । दुवै टिममा युनिसेफले छनौट गरेका बालबालिका रहनेछन् ।

तेन्दुलकर बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघीय बाल कोष९युनिसेफ०का निमन्त्रणमा बालकालिकासँग क्रिकेट खेल्न नेपाल आएका हुन् ।

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा तेन्दुलकरलाई युनिसेफले नेपाल ल्याएको हो ।

युनिसेफका सद्भावना दूत तेन्दुलकरले बालअधिकारका पक्षमा आज ब्याटिङ गर्नेछन् । नेपाल भ्रमण गर्ने हाई प्रोफाइल क्रिकेटरमा महेन्द्र सिंह धोनी, कपिल देव, सुनिल कवास्कर र दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सलगातका विश्व चर्चित खेलाडी रहेका छन् । भारतीय राष्ट्रिय टोलीका कप्तान हुुँदा सन् २०१४ मा धोनीले नेपाल भ्रमण गरेका हुन् ।

कात्तिक ३० गते, २०७६ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो  युएसबी कण्डम? जान्नुहोस् यसका फाइदा

के हो युएसबी कण्डम? जान्नुहोस् यसका फाइदा

एजेन्सी । हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो...   

सागमा नेपाली चेली छाएको दिन , नेपालले सात स्वर्ण जित्यो

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहिबार नेपालले सात स्वर्ण जित्यो । बिहिबार नेपाललाई...   

पुसमा सञ्चालन हुदैं ढल्केवर सबस्टेसन

काठमाडौं । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको...   

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख...   

वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता नै मानव बेचविखनमा सक्रिय देखिएपछि…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक...   

‘मिनी संसद्मा सभामुखकै खोजी’

काठमाडौं । सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका...   

खानेपानीमन्त्री बिनाद्वारा मेलम्ची प्रशोधन केन्द्रको निर्माण पुसभित्र सक्न निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै...   

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

बाँके । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण...   
महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले...   
गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top