Khabar Dabali Logo
  July 2, Thu

भक्तपुर–नगरकोट सडक निर्माण :राज्यका निकायहरू काम सक्नभन्दा समय थप्न हतार

काठमाडौं । पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।

राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको छ ।

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले भने, “समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ ।”

कात्तिक ३० गते, २०७६ - ०६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं। सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति...   
पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर...   

दुई महिलासहित छ जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी...   

प्रधानमन्त्री ओलीले थाले राजनीतिक परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर...   

घरमा शिशुको मृत्यु : गत वर्ष तीन महिनामा तीन सय १५, यो वर्ष एक हजार ३८

काठमाडौं। कोभिड भाइरसको महामारी सुरु भएयताका तीन महिनामा शिशु मृत्यु उच्च देखिएको छ । अझ संक्रमणको...   
विद्यालयमा क्वारेन्टाइन, टोल–टोलमा कक्षा

विद्यालयमा क्वारेन्टाइन, टोल–टोलमा कक्षा

बागलुङ । कोरोना महामारीका कारण विद्यालयमा क्वारेन्टाइन बनाइएपछि सामुदायिक विद्यालयहरूले टोलटोलमै...   
कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

काठमाडौं। वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको...   

प्रहरीले उल्टो जाहेरी लेख्दा…

काठमाडौं । काठमाडौं चन्द्रागिरिका राजेन्द्र मगरले २०५१ फागुन १५ गते शर्मिला मगरसँग विवाह गरे । त्यसको...   

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव, समिति सदस्य भन्छन्, ‘झुक्याएर प्रतिवेदन तयार पारियो’

काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता...   

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान, उपत्यकामा जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top