Khabar Dabali Logo
  July 2, Thu

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गरेको रिट निवेदनमा सो आदेश जारी गरेको हो ।

दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र सीमा सुरक्षाका विषयमा भएका पहलका विषयमा १५ दिनभित्र लिखित जवाफ माग गरिएको छ । पाटन क्याम्पसका उपप्राध्यापक नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्शामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा यही कात्तिक २७ गते रिट निवेदन दायर गरेका थिए ।

उक्त रिट निवेदनमा वर्तमान प्रयोगमा आएको नेपालको नक्शामा लिम्पियाधुरा नभएको हुँदा सो नक्शालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमीनलाई समावेश गरिएको नक्शा बनाउन आदेशको माग गरिएको छ । रिट निवेदक नेपालले भने, “नेपाल–भारतबीच भएको सुगौली सन्धिअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग भनी लेखिएको छ, उक्त भू–भाग अतिक्रमण सुगौली सन्धिविपरीत हो ।”

रिट निवेदनमा नेपालको भ–ूभाग एक लाख ४७ हजार १८१ वर्ग किमी छ । वर्तमान नक्शामा लिम्पियाधुराको जमीन नहुँदा क्षेत्रफलसमेत घटेको हुनसक्ने हुँदा नेपालको जमीनको रक्षा गर्न अन्तरिम आदेशको माग गरिएको छ । नेपालको संविधानमा “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्”, भनिएको भए पनि सो अनुसार सरकारले ध्यान नदिएको रिट निवेदनमा उल्लेख छ ।

नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू–भाग भारतबाट अतिक्रमण भइरहेकाले कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको बताइएको छ । नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षा गर्न सो रिट निवेदनमा माग गरिएको छ ।

कात्तिक २९ गते, २०७६ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको शैली नै ठीक नभएको प्रतिपक्षको आरोप

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै...   

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ । नेपाली सेनाले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी...   
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको...   

भारी वर्षाका कारण मङ्गलबार राति १४ जनाको मृत्यु, ८ बेपत्ता

चेङ्गडु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको...   

‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित,यसले कसरी कार्य गर्छ ?

काठमाडौं । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...   

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको...   

काठमाडौंमा थप १७ जना कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६१५ पुगेको छ...   

आज थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना...   

सांसद छन्त्यालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको पार्टी केन्द्रीय समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top