Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

काठमाडौं । भारतको दिल्लीलगायतका केहि भूभागको हावामा प्रदुषणको मात्रा उच्चतम तहमा पुगेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अधिकांश भूभागमा एयर क्वालिटी सूचांक (एक्यूआई) को मात्रा ७०० भन्दामाथि पुगेको छ । यो वायु प्रदुषणको गम्भिर अवस्था हो ।

प्रदुषणको कारण दिल्ली, नोएडा र गाजियाबादका अधिकांश विद्यालय बन्द भएका छन् । प्रदुषण कम गर्न दिल्ली सरकारले अबलम्बन गरेको तरिक पनि असफल भएको छ ।

भारतको प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार शुक्रबार बिहान दिल्लीका मुख्य सडकहरुमा हावामा एक्यूआई तह ५०१ भन्दा बढि थियो । आईटीओ क्षेत्रमा ४९० सम्म पुगेको जनाइएको छ ।

गुडगांवमा सबैभन्दा बढि ७९९ र नोएडामा ६५० सम्मको तथ्यांक लिइएको छ । गाजियाबाद र फरियाबादमा ६०० हाराहारीको तथ्यांक मापन गरिएको जनाइएको छ ।

एयर क्वालिटी इन्डेक्सको मापन कसरी ?

एयर क्वालिटी इन्डेक्स (एक्यूआईं)को तह ० देखि ५० को बीचमा हुनुलाई अति उपयुक्त मानिन्छ । ५१ देखि १०० सम्म हुनुलाई सन्तोषजनक मानिन्छ । १०१ देखि २०० सम्म हुनुलाई सामान्य मानिन्छ ।

एक्यूआईको मात्रा ३०० देखि ४०० को तहलाई एकदमै खराब मानिन्छ भने ४०१ देखि ५०० सम्मको तहलाई गम्भिर मान्ने गरिन्छ । तर भारतको राजधानी दिल्लीमा शुक्रबार एक्यूआईको मात्रा ७१२ सम्म पुगेको तथ्यांक सार्वजनिक भएको छ । गुडगाउँमा सबैभन्दा बढि ७९९ को सम्म पुगेको तथ्यांक मापन गरिएको छ ।

४०० एक्यूआई पछि अक्सिजनको मात्रामा कम

दिल्ली स्कूल हेल्थ स्कीमका ईस्ट डिस्ट्रिक्ट इन्चार्ज डाक्टर अनूपनाथका अनुसार वायु प्रदूषणको कारण सामान्य मानिसहरु निकै समस्यामा परिरहेका छन् । प्रदूषणको कारण अक्सिजनको मात्रामा कम हुँदा अनेकन खालका श्वास प्रश्वाससम्बन्धी समस्याहरु देखिन थालेका छन् । पछिल्लो साता श्वासप्रश्वासका बिरामीहरुको संख्या पनि एकदमै बढेको अनूपनाथले जनाए ।

प्रदुषणको तह उच्च हुँदा पनि रोकिएन निर्माण कार्य

वायु प्रदुषण बढ्नुको कारण निर्माण कार्य, अत्याधिक धुवा उत्पादन गर्ने उद्योग र समय सकिएका सवारी साधन भएको बताइन्छ । तर भारत सरकारले वायु प्रदुषणको उच्च अवस्थामा पनि निर्माण कार्य रोकेको छैन् । केहि रेल सेवामा कारबाही गरेको सरकारले सरकारी निर्माण संस्थाहरुलाई भने निर्माणको लागि बन्देज लगाएको छैन् ।

दिल्ली उच्च अदालतले पटक–पटक प्रदुषण नियन्त्रण गर्न गरेको आदेशलाई नगर्दा प्रदुषणको तह झनै बढ्दै गएको छ । केन्द्र सरकार र राज्य सरकारबीच गतिलो समन्वयन नहुँदा प्रदुषण नियन्त्रणमा गतिलो कदम नचालिएको पनि बताइन्छ ।(एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies