Khabar Dabali Logo
  July 9, Thu

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

बङ्गलादेश । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो ।

नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे । त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई÷दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हँुदा सुुशन भारीले दुई रन जोडे ।

भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

कात्तिक २८ गते, २०७६ - १५:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले...   

उद्धारमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी...   

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका...   

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

काठमाडौं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना...   
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी...   

जम्बु र भोटेकोशी बाढी अपडेट: घाइते उद्धारको लागि बाह्रबिसे पुग्यो हेलिकप्टर

काठमाडौं । हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको...   

भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी...   

चट्याङ लागेर १२ को मृत्यु, मृतकका परिवारलाई आर्थिक सहयोग गरिने

नयाँ दिल्ली । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ...   

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

सल्यान । यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार...   

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महंगो, ताेलाकाे कति पुग्याे ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य अहिलेसम्मकै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top