Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुदूरपश्चिमका सात वडामा २२ जना चुनावी मैदानमा, कहाँ कसको उम्मेदवारी ?

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका सात वडामा अगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बैतडीका तीन, डोटीको एक, अछामको एक, बाजुराको एक र कञ्चनपुरको एक वडा गरी सुदूरपश्चिमका सात वडामा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष रिक्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हँुदैछ । यस्तै डोटीको आदर्श गाउँपालिका–२, अछामको मल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१ र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिमका यी सात वडाका लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको उम्मेदवारको मनोनयन दर्तामा २२ जनाको उम्मेदवारी परेको छ ।

बैतडीमा ३ वडाका लागि आठको उम्मेदवारी

बैतडीमा आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुई उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिका–४ मा (नेकपा)का तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए । यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीन उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । ९नेकपा०बाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काङ्ग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

डोटीमा चारको उम्मेदवारी

डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि चारको उम्मेदवारी परेको छ । जसमा ९नेकपा० का रामबहादुर बोहरा, काङ्ग्रेसका महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

अछाममा नेकपा र काङ्ग्रेसबीच मात्रै प्रतिष्पर्धा

अछामको मेल्लेख गाउँपालिका–५ को वडाध्यक्षका लागि दुई दलले मनोनयन दर्ता गरेका छन् । ९नेकपा०का उम्मेदवार रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् । यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट वीरबहादुर बोहोराले मनोनयन दर्ता गराएका हुन् ।

बाजुरामा तीनको उम्मेदवारी

बाजुराको त्रिवेणी नगरपालिका–१ का लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । वडाध्यक्षका लागि (नेकपा)का मनराजे बुढा, काङ्ग्रेसका खगेन्द्र चदारा र राप्रपाका मीनबहादुर ढोलीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।

कञ्चनपुरमा पाँच दल भिड्दै

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्षका लागि काङ्ग्रेसका दीप तामाङ, (नेकपा)का कृष्ण तामाङ, समाजवादी पार्टीका भीम तामाङ, राप्रपाका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

उम्मेदवारमाथि बिहीबार उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारलाई मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गरिनेछ । उपनिर्वाचन हुने सुदूरपश्चिमका यी पाँच जिल्ला सात वडाबाट १० हजार ९३६ मतदाताले उपनिर्वाचनमा भाग लिने जनाइएको छ  ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies