Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

८२ दिनपछि ओली–नेपाल भेटवार्ता, चार घन्टा लामाे छलफलमा के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए । उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको कान्तिपुरमा खबर छ – भेटमा उनीहरुबीच पछिल्लो समय आफूहरुका बीचमा बढेको तिक्तता र उक्त तीतोपन हटाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधान गर्दै, एकीकरणको सबै काम सक्नुपर्ने बताएका नेपालको भनाई उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए । ‘तपाईंलाई के के विषयमा चित्त बुझेको छैन छलफल गर्दै जाउँला, पार्टीमा तपाईंप्रति अलिकति अन्याय भयो कि भन्ने मलाई अनुभूति भएको छ’ ओलीले नेपालसँग भने ।

नेता नेपालले पनि आफूले व्यक्ति भन्दा पनि पद्धतिको कुरामा जोड दिएको बताएका थिए । ‘मैले पार्टी बाहेक अरु केही सोचेको छैन, जति पनि असहमति राखेको छु, पार्टीकै हितका लागि हो,’ नेपालको भनाइ उद्धृत गर्दै उनी निकट नेताले कान्तिपुरसँग भने, ‘व्यक्तिमा भन्दा पनि मेरो जोड पद्धतिमा थियो, नेतृत्वका हिसाबले त्यसमा तपाईंको भूमिका हुनुपर्थ्यो तर त्यसो हुन सकेन ।’

जवाफमा ओलीले यसअघि जे भएता पनि अब पार्टीमा सबैको कुरा सुन्ने वातावरण तयार पार्ने बताएका थिए । भेटपछि नेता नेपालले उनी निकटहरुसँग छलफलले राम्रै सुरुवात गरेको प्रतिक्रिया दिएका छन् । ‘धेरै विषयमा कुरा भए, ठीकै सुरुवात भएको छ, कसैलाई एक्ल्याउने भन्दा पनि हार्दिकता बढ्दा सबैलाई राम्रो हुन्छ,’ नेपालले उनी निकटस्थहरुलाई बताए ।

स्रोतका अनुसार उनीहरुबीच संवैधानिक आयोगका प्रमुखहरु नियुक्ति तथा मन्त्रिपरिषद् फेरबदलका विषयमा पनि कुराकानी भएको थियो । ओलीले नेपालसँग सरकारले अब गर्नुपर्ने काम र पार्टीका तर्फबाट हुनैपर्ने मन्त्रीहरुको लिष्ट मागेका थिए । नेता नेपालले जनताबाट टाढा बसेर उनीहरुको पक्षमा काम नसकिने भन्दै जनताले आफ्नो महसुस गर्नेगरी अघि बढ्न सुझाव दिएका थिए । ‘प्रधानमन्त्रीज्यूले नयाँ मन्त्रिमण्डल र बाँकी नियुक्तिहरुमा नेपाल समूहको सहभागिता गराएर ब्यालेन्स गर्न खोजेको देखिन्छ,’ ओली निकट एक नेताले भने ।

यसअघि गत भदौ ५ गते बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच व्यक्तिगत स्तरमै आरोपप्रत्यारोप भएपछि उनीहरुबीच फेरि एक्लाएक्लै संवाद भएको थिएन । प्रधानमन्त्री ओली दोस्रोपटक उपचारका लागि सिंगापुर उठ्नुअघि बसेको सचिवालय बैठकमा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेपछि ओलीले त्यसलाई इन्कार गरेका थिए । त्यसअघि साउन ३१ को नेकपा सचिवालय बैठकले नेपालको वरियता एक तह घटुवा गरेर उनलाई वरिष्ठताको चौथो क्रममा राख्ने निर्णय गरेको थियो ।

‘पार्टीमा यस्ता निर्णय त भइरहन्छन् तर प्रधानमन्त्रीले व्यक्तिगत रुपमै दिएको स्वास्थ्य लाभको कामना पनि अस्वीकार गरेपछि मेरो मन छियाछिया भएको छ,’ नेता नेपालले पछिल्लो समय भन्दै आएका थिए । उनीहरुबीचको व्यक्तिगत तिक्तता कम गर्न दोस्रो तहका नेताहरुले बारम्बार प्रयास गर्दा पनि सफल हुन सकेको थिएन ।

नेता नेपाललाई ओली पक्षधरहरुले उनलाई भेट्न सिंगापुर नै पठाउने पहल त्यतिबेलै पनि गरेका हुन् । ‘तपाईंलाई हामी नै टिकट लिइदिन्छौ, प्रधानमन्त्रीज्यूलाई भेट्न सिंगापुर जानुस भन्ने प्रस्ताव आएको थियो तर मलाई जानै डर लाग्यो, उहाँले किन भेट्न आइस भन्नुभयो भने मैले के भन्ने ?’ नेपालको भनाई थियो । त्यसैले उनी पछिल्लोपटक ओली बिरामी भएर दुई दिन अस्पताल बसेको बेलामा पनि भेट्न गएका थिएनन् ।

इता पार्टीका निर्णयहरु पनि नेता नेपालका असहमतिका बाबजुद धमाधम भएका थिए । पछिल्लो समय प्रदेश प्रमुखहरु नियुक्तिका लागि सिफारिस गर्दा नेपालको सिफारिसका नेताहरुमध्ये एकजना पनि नपरेपछि उनले फरक मत राखे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies