Khabar Dabali Logo
  December 13, Fri

एसिया कप क्रिकेट : पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज ९बिहिबार० बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।

प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले यस प्रतियोगिता खेल्ने मौका पाएको हो । नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्दा टोलीमा चर्चित दुई खेलाडी छैनन् । पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा टी–१० लिग खेल्न गएकाले टोलीमा समावेश नगरिएको हो ।

नेपाली टोली

कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।

कात्तिक २८ गते, २०७६ - १४:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिका अनावश्यक दबाब, एउटै स्थानीय तहमा आठ जनासम्म प्रशासकीय अधिकृत परिवर्तन

काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत...   

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि...   

फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै , ४३ लाख प्रयोगकर्ता

काठमाडौं । तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै...   

पुसदेखि काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य सुरु हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि...   

चरित्र हत्या गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल, साइबर अपराधमा बडी पीडित महिला र किशोरी

काठमाडौं । करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा...   

शिक्षक दरबन्दी मिलानको तयारी : पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

काडमाडाैँ । देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य...   
जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई...   

विप्लवलाई दुश्मन भन्दा पनि डरलाग्दो बन्याे मोबाइल

काठमाडौं । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन...   

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिलाकाे पेटमा ७ महिनाको गर्भ

काठमाडौं । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती...   
एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

काठमाडौं । मानव विकास सूचकांक ९एचडीआई० मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top