Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेना पुग्यो अदालत

काठमाडौं । पछिल्लो २० दिन सरकार गठनमा चलिरहेको खिचातानीका बीच अब महाराष्ट्रमा राष्ट्रपति शासन लागु हुने सम्भावना देखिएको छ । केन्द्र सरकारले पनि राष्ट्रपति शासन लगाउन सिफारिश गरेको छ । भारतीय न्यूज एजेन्सीका अनुसार राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति शासनको लागि सिफारिस गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दको स्वीकृतिपछि राज्य राष्ट्रपति शासनको अधीनमा आउनेछ ।

यस निर्णयका विरुद्धमा महाराष्ट्रको दोस्रो ठुलो दल शिवसेनाले भने सर्वौच्च अदालतमा निवेदन दर्ता गरेको छ । शिवसेनाका अध्यक्ष उद्धव ठाकरेले कांग्रेस नेता कपिल सिब्बल र अहमद पटेलसँग कुराकानी गर्दै केन्द्र सरकारको निर्णय रोक्न पैरवी गरेको जनाएका छन् ।

राज्यपाले भने, संविधान अनुसार सरकारको कुनै सम्भावना हुँदैन

राजभवनले राष्ट्रपति शासनको सिफारिस गृह मन्त्रालयलाई पठाएको भएपनि संविधानअनुसार महाराष्ट्रको सरकार गठन भने निकै चुनौतिपूर्ण देखिएको छ । राज्यपाल भगतसिंह कोश्यारीले संविधानको धारा ३५६ को प्रयोग गरि राज्यमा राष्ट्रपति शासनको सिफारिस गरेका थिए ।

मन्त्रीपरिषदको वैठकलगत्तै ब्राजील गए मोदी

केन्द्रिय मन्त्रीपरिषदको वैठक लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स राष्ट्रहरुको वैठकमा सहभागि हुन ब्राजील गएका छन् ।

सबैभन्दा ठुलो दल बीजेपीले सरकार बनाउन इन्कार गरेसँगै राज्यपालले शिवसेनालाई सरकार गठनको लागि एक दिनको समय दिएका थिए ।

पहिला शिवसेना, त्यसपछि एनसिपीलाई मौका

आइतबारदेखि सोमबारसम्म शिवसेनालाई सरकार बनाउन मौका दिएसँगै राज्यपालले सोमबार साँझ एनसीपीलाई मौका दिएका थिए । एनसीपीको लाई राती ८ः३०सम्मको समय दिइएको थियो । तर एनसीपीले पनि आधिकारिक रुपमा कुनै दावा गर्न सकेन ।

महाराष्ट्रको २८८ सदस्यीय विधानसभामा भाजपाको तर्फबाट १०५ सदस्य छन् । ५६ विद्यायकका साथमा शिवसेना दोस्रो पार्टी हो भने एनसीपीसँग ५४ विधायक छन् । कांग्रेस ४४ विधायक रहेको चौथो शक्ति हो ।

चौथो दल कांग्रेसले सरकार बनाउने दाउ

सोमबार भएका दुईवटा बैठकका दौरान कांग्रेस अध्यक्ष सोनिया गान्धीले महाराष्ट्रमा सरकार बनाउन अन्य दलसँग राय मागेकी थिइन् । मंगलबार भएको कांग्रेसको वैठकमा पनि सरकार बनाउने विषयमा चर्चा भएको थियो । वैठकपश्चात सोनियाले अन्य दलका प्रमुखहरुसँग छलफलसमेत गरेकी थिइन् ।

२८८ सिटसंख्या भएको महाराष्ट्र विधानसभामा बहुमत जुटाउन १४५ सदस्य चाहिन्छ । भाजपासहितको गठनबन्धनमा १२५ सीट पुगेको छ । शिवसेना, एनसीपी र कांग्रेससहितको गठबन्धनबाट १५४ सीट अर्थात बहुमत पुग्दछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies