Khabar Dabali Logo
  December 14, Sat

भक्तपुरमा उपनिर्वाचनः त्रिपक्षीय प्रतिस्पर्धा हुने, यी १० मतदानस्थल संवेदनशील

काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।

उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

यहाँका भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका निर्वाचनमा देखिएका गतिविधि र सरकार विरोधी तत्वबाट हुनसक्ने गतिविधिलाई आधार मानेर संवेदनशील र सामान्य गरी दुई भागमा मतदानस्थललाई विभाजन गरिएको हो । कूल २२ मतदानस्थलमध्ये १० संवेदनशील र १२ मतदानस्थल सामान्य रहेको जानकारी दिँदै उनले चाँगुनारायण नगरपालिकाभित्रका साविक दुवाकोट गाविस, आजात मावि, नैचापौवा आधारभूत विद्यालय, राधाकृष्ण मावि, चुनदेवी मावि, साविक नगरकोट गाविस, सरस्वती उमावि थाकलमाँठ, साविक सुडाल गाविस, गणेश मावि ताथली र भक्तपुर नगरपालिकाभित्रको सरस्वती विद्यागृह नवदुर्गा स्थानका मतदानस्थल संवेदनशील रहेको उहाँले जानकारी दिए ।

उपनिर्वाचनका दिन एकीकृत सुरक्षा योजनाबाहेक नेपाली प्रहरीका कम्तीमा ६५० नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिने प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उपनिर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरा बनाएर सुरक्षा दिने गरी एकीकृत सुरक्षा योजना बनेको छ ।

यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन् । ०७४ को निर्वाचनमा ४३ हजार ५३२ मतदाता रहेकामा अहिले ७४८ जना महिला र ७३६ पुरुष मतदाता थपिएर कूल ४५ हजार ३६ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

त्रिपक्षीय प्रतिस्पर्धा हुने
प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।

प्रदेशसभाको गत निर्वाचनमा ९एमाले०का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए ।

यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी)ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बन्नुभएका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।

नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ । यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताउछन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा हामिएको बताउँदै ढकालले भने, “मेरो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्छु, मुख्यरूपमा सङ्गठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ ।”

यसपटकको निर्वाचनमा जित्नैपर्ने पार्टी दबाब रहेको काङ्ग्रेसका उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती रहेको छ । गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै उम्मेदवार भँडेलले यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गर्नुहुन्छ । यसपटक राप्रपा संयुक्त समर्थन गर्नका लागि छलफल भइरहेको उहाँको भनाइ छ । राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उनको भनाइ छ ।

विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ । नेमकिपा आफ्नो प्रतिस्पर्धी नै नभएको उनी बताउछन् । यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्छौ भन्दै यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ । भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ ।

यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ । राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ ।

उम्मेदवार लवजू जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रुपमा नेमकिपा उभिएको बताउछन् । जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएकाले पनि यसपटक जित सुनिश्चित रहेको उनको दाबी छ ।

विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा (संयुक्त) को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन । त्यसैले पनि राप्रपा ९संयुक्त० ले जसलाई समर्थन ग¥यो उसलाई सहज हुने आँकलन पनि गर्न थालिएको छ ।

त्यसैगरी यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनावी प्रचार अभियानमा लागेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, सङ्गीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन् ।

कात्तिक २६ गते, २०७६ - २१:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : मञ्जिभसिंह पुरी

काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा...   

रङ्गशालाको अवलोकन, सहयोगमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको पैतिबद्वता

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय...   
प्लास्टिक कारखानामा आगलागी : जलेर आठ जनाको मृत्यु, २४ जना गम्भीर

प्लास्टिक कारखानामा आगलागी : जलेर आठ जनाको मृत्यु, २४ जना गम्भीर

ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु...   
नागरिकता संशोधनपछि भारतमा आजपनि आन्दोलन, इन्टरनेट सेवा अवरुद्ध

नागरिकता संशोधनपछि भारतमा आजपनि आन्दोलन, इन्टरनेट सेवा अवरुद्ध

भारत । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा...   

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी...   

तुम्कोट भिरमा टिपर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

हुम्ला । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी...   
मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै

मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै

लहान । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार...   

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर...   

१९ वर्षीया सन्तोष पन्त मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा...   

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डाहरू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top