Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विकासमा सुशासनलाई उच्च प्राथमिकता - मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य सहनशीलता अपनाएको जानकारी दिए ।

मुख्यमन्त्री राईले विकासमा पारदर्शिता नै सुशासनको पहिलो प्राथमिकता भएकाले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खबरदारीबाटै प्रतिफल प्राप्त हुनाका साथै सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले विकास, नीति निर्माण तथा बजेट बाँडफाँटमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिँदै गरीबी निवारण, रोजगारी र सामाजिक क्षेत्रमा गरिने कार्यबाटै जनताले सुशासनको अनुभूति गर्ने बताए ।

मुख्यमन्त्री राईले स्थानीय सरकारबाट प्रदान गरिने सेवा छिटो, छरितो, सहज र सरल ढङ्गबाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिँदै जनता बलियो भए मुलुकमा सुशासन कायम भई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान पूरा गर्न सकिने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनबाटै मुलुक र जनता समृद्ध हुने भएकाले निर्माण कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक हुनेमा जोड दिए । अमेरिकी सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखी जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङ शाखा अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीलाई कार्य सम्पादनमा सहज बनाउनका लागि सो तालीम आयोजना गरिएको बताए । प्रदेश नं १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखको सहभागिता रहेको उक्त तालीम यसअघि अन्य चार प्रदेशमा सञ्चालन भइसकेको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies