Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले पीडितलाई प्रभावित पार्न थालेका छन्। गहन अनुसन्धानपश्चात् घटना पुष्टि हुन थालेपछि आलमसमर्थकले पीडित परिवारलाई त्रास तथा प्रलोभनमा पारी पीडितलाई बयान फेर्न लगाइरहेका छन्।

आलमको थुनछेक बहसकै क्रममा पीडित भनिएकाहरुले आफूहरु पीडित नभएको भनी लिखित निवेदन दिएका छन्। विस्फोटमा मृत्यु भएको भनिएका सरुअठाका ओसी अख्तरका श्रीमती आमना खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीकै क्रममा बाहिर रहेको भनी निवेदन दिएकी छन्।

त्यस्तै विस्फोटमा घाइते भएका भनिएका भारतीय नागरिक गौरीशंकर रामले सोमबार जिल्ला अदालत समक्ष आफू अन्य कारणले घाइते भएको भनी निवेदन दर्ता गराएका छन्। आलमका सहयोगीहरू झुटा निवेदन दिन लगाउँदै पीडितलाई प्रभावित बनाउने कार्यमा जुटेको पाइएको छ।

राजपुरमा भएको बमकान्डमा आलमकै संलग्नता भएको भन्दै भारत सीतामढी जिल्ला मुसाचौक बैरगनियाका गौरीशंकर राम चमारले किटानी जाहेरी दिँदै आलमलाई कारबाहीका लागि बयान दिएका थिए। तर पछि आलमका मान्छेले भारतीय आफन्तमार्फत दबाब सिर्जना गर्न थालेपछि दबाब खेप्न नसकेर आलमको पक्षमा निवेदन दिन जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

बिस्फोटमा परेर घाइते भएका चमारको दुवै कान, अनुहारको तल्लो भागदेखि छातीसम्म पूर्ण रूपमा जलेको छ। चमारले २००१ मा मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण लेखिएको निवेदन लिएर अदालततर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि कात्तिक २१ गते यस्तै अर्का साक्षीको बयान परिवर्तन गराउने प्रयास भएको थियो। चैत २४ को बिस्फोटमा मारिएका मोहम्मद ओसि अख्तरकी पत्नी अमना खातुनलाई पति वैदेशिक रोजगारीमा गएर नफर्किएको झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो। तर २०७४ सालमै खातुनले आफ्ना पतिको मृत्यु दर्ता प्रमाणपत्र बनाएर प्रहरीसमक्ष आलमविरुद्ध कारबाहीका लागि निवेदन पेस गरेकी थिइन्।

पहिलो संविधानसभाको निर्वाचन प्रचार–प्रसारका क्रममा आलम कहाँ गएका ओसी अख्तरको बिस्फोटमा परी मृत्यु भएको थियो। ओसी अख्तरको मृत्यु भएपछि आमा रुक्साना खातुनले आलमलाई कारबाहीको माग गर्दै गरेको अवस्थामा उनको पनि गोली हानी हत्या गरिएको थियो। बिहीबार मियाँकी श्रीमती आमना खातुनलाई प्रतिवादीपक्षले अदालतमा उपस्थित गराएर निवेदन दिन ल्याए पनि उनले दिएको निवेदन अदालतमा दर्ता हुन सकेको छैन।

घटनाको अनुसन्धानका क्रममा तत्कालीन समयमा मृतककी पत्नी अमना खातुनले उनकी सासु रुक्साना खातुनकै भनाइ उद्धृत गरेर पतिलाई आलमका सहयोगीहरूले लिएर गएको र त्यहाँ भएको बिस्फोटमा मारिएको भन्ने कागजसमेत गरेका थिए। आलमका सहयोगीले पीडितलाई प्रभावित गरी अदालतमा ल्याएर अर्को निवेदन दिन लगाएका छन्। मृतककी पत्नी अमना खातुनले तत्कालीन समयमा आफ्ना पति वैदेशिक रोजगारमा गएको र त्यहाँ मारिएको भन्ने ब्यहोरासमेत निवेदनमा उल्लेख गरिएको अदालत स्रोतले जनाएको छ।

आलमका सहयोगीहरूको त्रासबाट केही प्रत्यक्षदर्शी र साक्षीसमेत डराएपछि प्रहरीले उनीहरूको सुरक्षामा ध्यान दिन थालेको छ। आलमका सहयोगीहरूले मृतक ओसी अख्तरका छोरालाई पाँच कठ्ठा जमिन र पाँच लाख रुपैयाँ दिने प्रलोभन दिएको अडिओसमेत जिल्ला प्रहरी कार्यालय रौतहटले फेला पारेको छ। आलमलाई सहयोग पुग्नेगरी पति विदेश गएको भन्दै अदालतमा निवेदन दिने यमुनामाई गाउँपालिका–४ की अमना खातुनले पति ओसी अख्तरको मृत्यु २०६४ साल चैत २७ गते भएको भन्दै गाउँपालिकाबाट मृत्यु–दर्ता प्रमाणपत्र लिएको खुलेको हो।

उनले दुई वर्षअघि नै मृत्यु दर्ता प्रमाणत्र लिएकी भए पनि बयान फेर्दै आफ्ना पति विदेश गएको निवेदन दर्ता गराउन अदालत गएकी थिइन्। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री आलमको थुनछेक बहस चलिरहँदा उनले सो निवेदन दर्ता गराउन खोजे पनि अदालतमा दर्ता हुन सकेको छैन।

यसैबीच, आलमका समर्थकहरूले रौतहट सदरमुकाम गौरमा आलम रिहाइको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका छन्। बिपी चोकबाट निकालेको जुलुसको अघि–पछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका आलमपक्षीय समर्थकलाई ध्यानमा राख्दै अदालतको चार सय मिटर दायाँबायाँ ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies