Khabar Dabali Logo
  December 14, Sat

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर रु ५४ करोड ९९ लाख ९८ हजार २४१ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु १३ करोड ९२ लाख १० हजार १९५ मूल्यमा शेयर खरीद–बिक्री भई शीर्षस्थानमा रह्यो । प्रभु बैंक रु सात करोड ३३ लाख ६८ हजार ३०२, माछापुच्छ्रे बैंक रु तीन करोड ५९ लाख ३८ हजार ३०७, प्रभु बैंकको संस्थापक शेयर रु तीन करोड २१ लाख ३३ हजार २४, प्राइम बैंक रु दुई करोड १३ लाख तीन हजार ५८८ र नेपाल बैंकको रु एक करोड ७६ लाख ६३ हजार ५३० मूल्यमा खरीद–बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए । त्यस्तै, एनआइबिएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक शेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए । रासस

कात्तिक २५ गते, २०७६ - २३:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने

काठमाडाैं । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई...   
सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा...   
लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक...   
भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

काठमाडौं । सीमा क्षेत्रमा सुरक्षाकर्मीको अभावका कारण समस्याहरु बढ्दै गएको भन्दै गृहमन्त्री रामबहादुर...   

राष्ट्रिय शिक्षा नीतिप्रति अनेरास्ववियूको आपत्ति, निजीकरणलाई पाेसिएकाे आरोप

विर्तामोड। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले हालै जारी गरेको ‘राष्ट्रिय...   
सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर...   
एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की...   
बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले...   
पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

काठमाडौं । शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र कुवेती दिनारका साथै ओमानी रियालको भाउ बढेको छ । अरु...   
चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top