Khabar Dabali Logo
  December 14, Sat

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा परिसङ्घका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताएका हुन् ।

परिसङ्घले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसङ्घकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा वृहद छलफल भएको थियो । सो छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसङ्घले गरेको सहयोगको प्रसंशा गरेको थियो ।

सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै उनले सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । सामाजिक सुरक्षा योजना नौलो भए पनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताए। परिसङ्घको टोलीले योजनाका व्यवहारिक कार्यान्वयनमा केही कठिनाई देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे ।

योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो । सो क्रममा मन्त्रालयका सचिव विनोद केसी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उद्योगीले राखेका जिज्ञासाको समाधान गरेका थिए ।

सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मङ्सिर १४ गतेसम्मको समयसीमा तोकेको छ । कोषमा अहिलेसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र एक लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन्

कात्तिक २५ गते, २०७६ - २३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने

काठमाडाैं । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई...   
सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा...   
लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक...   
भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

काठमाडौं । सीमा क्षेत्रमा सुरक्षाकर्मीको अभावका कारण समस्याहरु बढ्दै गएको भन्दै गृहमन्त्री रामबहादुर...   

राष्ट्रिय शिक्षा नीतिप्रति अनेरास्ववियूको आपत्ति, निजीकरणलाई पाेसिएकाे आरोप

विर्तामोड। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले हालै जारी गरेको ‘राष्ट्रिय...   
सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर...   
एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की...   
बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले...   
पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

काठमाडौं । शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र कुवेती दिनारका साथै ओमानी रियालको भाउ बढेको छ । अरु...   
चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top