Khabar Dabali Logo
  December 6, Fri

सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको वैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।

वैठकमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले हाल प्रयोगमा ल्याएको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गरेकी थिइन् । उनले लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताएकी थिइन् ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको भएपनि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् । प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले सर्वदलीय बैठकमा भएको सहमति अनुसार सहमति कार्यान्वयनको पहल भइसकेको जानकारी दिएकी छन् ।

‘हामीसँगका तथ्य र प्रमाणले कालापानी, लिपुकले र लिम्पियाधुरा नेपालको भएको कुरा प्रष्ट छ । प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन शुरू भइसकेको छ,’ मन्त्री अर्यालले भनिन्, ‘भारतबाट समस्या समाधानका लागि सकारात्मक संकेत प्राप्त भएको छ ।’

समितिले नयाँ नक्साअनुसार पाठ्यक्रमहरुमा सुधार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिले आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ । साथै भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न पनि समितिले अपील गरेको छ ।

कात्तिक २५ गते, २०७६ - २१:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   

अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...   
फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...   
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...   
इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...   

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...   
क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top