Khabar Dabali Logo
  December 6, Fri

सीमा समस्यालाई अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा विवाद उच्चस्तरीय कुटनीतिक पहलबाट समाधान खोज्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमा विवाद समाधान गर्न उत्तेजनात्मक शैली अपनाउन नहुने बताए ।

‘सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कुटनीतिक पहल गर्नुपर्दछ भन्नेसम्म एकदम ठिक छ, यदि कुरा मिलेन भने अन्तराष्ट्रियकरण अहिले भन्न हुँदैन्’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले हामीले गम्भीर ढंगले पहल गर्ने भनेर जाँदा हाम्रो कुरा माथि पर्छ ।’

उनले सुगौली सन्धीको बेलामा उल्लेख गरिएको सिमाको विषय प्रष्ट रहेको र त्यो महाकाली नदीको मुहान लिम्पियाधुरा नै रहेको बताए । प्रचण्डले सीमा विवाद देखिनुमा केहि प्राविधिक विषय रहेको भन्दै काली नदिको मुहान छुट्याउन कुनै समस्या नहुने तर्क गरे ।

‘नदीका विभिन्न शाखा प्रशाखा छन् भने अन्तराष्ट्रिय मान्यता भनेको मुल चुरो कुन हो र त्यो कताबाट बगेको छ भन्नेलगायतका केहि प्राविधिक विषय छन् त्यसैको आधारमा अहिलेको लिम्पियाधुरा नै कालीनदी महाकाली नदीको मुहान हो भन्ने कुरामा विवाद छैन् ।’ प्रचण्डले भने ।

प्रचण्डले सुगौली सन्धीको मान्यताअनुसार महाकाली नै नेपालको पश्चिमको सिमाना भएको बताउँदै प्रचण्डले कालीभन्दा पूर्वको भाग नेपाल र पश्चिमको भाग भारत भएकोमा कुनै दुविधा नहेको बताए ।

कात्तिक २५ गते, २०७६ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   

अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...   
फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...   
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...   
इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...   

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...   
क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top