Khabar Dabali Logo
  July 2, Thu

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताए । “अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जाने छन्”, उनले भने ।

बङ्गलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन् । मङ्गलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जाने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ ।

कात्तिक २५ गते, २०७६ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराति फेसबुकमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

तुलसीपुर । मध्य राति फेसबुकमा लाइभ गर्दै एक युवतीले आत्महत्या गरेकी छिन् । दाङको तुलसीपुर उपमहानगरपालिका(५...   

ओली निकटका नेताहरु प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूलाई...   

पेप्सिकोलामा ‘लिभिङ टुगेदर’मा बस्दै आएका जोडीले एउटै पासोमा झुण्डिएर गरे आत्महत्या

काठमाडौं । काठमाडौको पेप्सिकोलामा बस्दै आएका एक जोडी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको छ...   

नदीमा डुबेर युवतीको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । मृत्यु...   

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

काठमाडौ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड...   

दुई दिनदेखि दाङमा सलहको नोक्सानी

दाङमा । मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको...   

समितिबाट पारित निजामति सेवासम्बन्धी विधेयकप्रति ट्रेड युनियनको आपत्ति

काठमाडौ । आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श...   

बनेपामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–२ डुडामुखस्थित...   

ललितपुरमा २ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना पोजिटिभ

काठमाडौं । ललिपुरमा २ स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य...   
टिपरको ठक्करबाट ५ जना सैनिक घाइते

टिपरको ठक्करबाट ५ जना सैनिक घाइते

गोरखा । जिल्लाको गोरखा नगरपालिका(११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top