


कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा



- कात्तिक २४ गते, २०७६ - २३:४२

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा २१ उम्मेदवार चुनावी मैदानमा भिड्ने भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी दिए ।
सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस (विपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ चुनावी मैदानमा रहेका छनु् ।
त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बाट श्रीमती गङ्गा मल्ल रहेका छन् ।
यस्तै स्वतन्त्ररूपमा चुनावी मैदानमा उठेका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला रहेका छन् । त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सागको समापन समारोह भब्यरुपमा गर्ने तयारी, भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज भब्यरुपमा समापन हुँदैछ । प्रधानमन्त्री केपी ओलीले...बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त
बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त...फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल...विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाडौं । अतिरिक्त शुल्क फिर्ता माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच...विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी !
काठमाडौं । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली...चरेससहित मामा–भान्जी पक्राउ
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्...मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा : दुई बर्षमा भौतिक पूर्वाधार विकाससहित खेलाडीलाई व्यवसायीक बनाउँछौं
काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली...कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त
काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)
एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...
