


सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके



- कात्तिक २४ गते, २०७६ - २३:०३

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ ।
साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो ।
दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दशगजा क्षेत्र देखाउँदै भने, ‘भारतीयहरूले दशगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।‘ एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ ।
शुरुमा नापनक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । त्रियुगा खोला वारिको भूमी देखाउँदै एक ७३ बर्षीय बृद्ध बमभोले रावतले भने, ‘ निर्माण गर्न लागेको शवगृह नेपालकै भूमिमा पर्छ, जहाँ पुस्तौंदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे । धम्क्याउने, बन्दूक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधूरो नै छाड्यौंँ ।’
सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताए । अधिकांश साना र सहायक स्तम्भ हराएको वा बाढीले बगाएको उनले बताए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सागको समापन समारोह भब्यरुपमा गर्ने तयारी, भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज भब्यरुपमा समापन हुँदैछ । प्रधानमन्त्री केपी ओलीले...बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त
बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त...फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल...विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
काठमाडौं । अतिरिक्त शुल्क फिर्ता माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच...विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी !
काठमाडौं । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली...चरेससहित मामा–भान्जी पक्राउ
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्...मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा : दुई बर्षमा भौतिक पूर्वाधार विकाससहित खेलाडीलाई व्यवसायीक बनाउँछौं
काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली...कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त
काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)
एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...

प्रतिकृया लेख्नुहोस्:
- सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा
- हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने
- मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल
- १३औँ साग : नेपाल २–१ ले अगाडि (अपडेट)
- बक्सिङमा सनिलले दिलाए नेपाललाइ स्वर्ण, स्वर्णको संख्या ५० पुग्यो
- साग फुटबल फाइनल : नेपाल भुटान १–१ ले बराबरीमा
- पत्रकारमाथि हातपातप भएकोप्रति संघको गम्भीर ध्यानाकर्षण, डिएसपीले तत्काल माफी माग्नुपर्ने
- मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको : प्रधानमन्त्री ओली