Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन

काठमाडौं । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।

करदातालाई करको दायरामा ल्याउन वडा–वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको जनाएको छ । नगरपालिकाका अनुसार आव २०७५/७६ मा निवेदन दस्तुरबाट रु ७८ हजार ३००, नक्सापास दस्तुरवापत रु ४२ लाख ३९ हजार २७४, ‘घ’ वर्ग अनुमति दस्तुरबाट रु ४३ हजार ४१०, व्यक्तिगत घटना दर्ता जरिवनाबाट रु ७५ हजार, विभिन्न सिफारिश दस्तुरबाट रु १२ लाख ४२ हजार ५०० र अन्य आम्दानीबाट रु ६ लाख ९५ हजार ७१ राजश्व सङ्कलन गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा नगरपािलकाले रु ८८ लाख ५७ हजार ५०१ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९२ लाख ५४ हजार ९३१ राजश्व सङ्कलन भएको थियो । आव २०७४/७५ मा घरजग्गा र सम्पत्ति करबाट रु ५० लाख ३४ हजार ६२५, मालपोत तथा भूमि करबाट रु २५ हजार ७३७, बहाल करबाट रु २८ हजार २७ लाख ६८६, व्यवसाय दर्ता करबाट रु १० लाख ८९ हजार ६८२, विज्ञापन करबाट ४८ हजार ५०१ र बहाल विटौरी करबाट ४५ हजार ३०६ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

नगरपालिकाले वडा नं १ र २ मा ग्रामीण क्षेत्र भएकाले त्यहाँका बासिन्दालाई करमा ४० प्रतिशत छुट दिइएको प्रमुख भण्डारीले जानकारी दिए । यस्तै भूकम्पपीडितलाई ७५ प्रतिशत छुट र सम्पत्तिकरमा साउन, भदौँ, असोज तथा कात्तिक महीनाभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिइएको नगरपालिकाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies