Khabar Dabali Logo
  November 12, Tue

प्रदेश नं २ मा उपनिर्वाचनको माहौल बन्दै

वीरगञ्ज । प्रदेश नं २ मा निर्वाचन आयोगले निर्वाचन कार्यालय स्थापना गरेपछि उपनिर्वाचनको माहौल बन्दै गएको छ ।

प्रदेश नं २ मा रहेको आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लामा रहेका जनप्रतिनिधिको पद रिक्त भएपछि निर्वाचन आयोगले मङ्सिर १४ गते उपनिर्वाचन गर्न लागेको हो ।

अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्थानीय तहमा सबभन्दा बढी स्थान रिक्त भएका छन् यहाँ गाउँपालिकाको अध्यक्ष एक र वडाध्यक्ष नौ वटा पदमा उपनिर्वाचन हुन लागेको सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

प्रदेश नं २ को आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक उपनिर्वाचनलाई लक्षित गरी सात जिल्लामा सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ स्थानीय तहको रिक्त पदका लागि भने कात्तिक २७ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । स्थानीय तहका उम्मेदवारले मनोनयन दर्ता गरेपछि प्रचारप्रसारका लागि १० दिनको समय पाउने बताइएको छ ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ मा वडाध्यक्षको, बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदमा, रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं २ को वडाध्यक्ष, सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्ष पदमा, महोत्तरीकै बलवा नगरपालिका वडा नं २ र ८ को वडाध्यक्ष पदमा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं १२ को वडाध्यक्ष पदमा, सप्तरीको छिनमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदमा र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचन तयारी पूरा भएको छ ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा हुने वडाध्यक्षको उपनिर्वाचनका लागि सोही गाउँपालिका वडा नं २ मा रहेको दीपनारायण आदर्श माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले त्यहाँ दुई हजार ६०२ जना मतदाता रहेको बताएका छन् ।

कात्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको र त्यसभन्दा अगाडि सर्वदलीय बैठक गरी निर्वाचन आचारसंहिता लगायतका विषयमा दलसँग छलफल गरिने मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश प्रकाश खरेलले बताए।

दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेका जनप्रतिनिधिको मृत्यु भएपछि निर्वाचन आयोगले रिक्त रहेका सो पदमा उपनिर्वाचनको घोषणा गरेपछि सो ठाउँका जनप्रतिनिधि तथा विभिन्न दलका प्रतिनिधिले उपनिर्वाचनमा आ–आफ्ना दलका प्रतिनिधिलाई उठाउनेबारे जोड घटाउसमेत गर्न थालेको छ । गाउँ, चौक चौराहामा रहेका चिया पसलमा उक्त उपनिर्वाचनबारे चर्चापरिचर्चा शुरु हुन थालेका छन् ।

कतिपय दलले उम्मेदवारको नामसमेत घोषणा गरिसकेका छन् भने कतिपय दल उम्मेदवारको खोजी गर्न थालेका छन् । अघिल्लो निर्वाचनको मतपरिणामको तथ्याङ्क केलाउँदा उपनिर्वाचनमा पनि मुख्य २ शक्ति नेकपा र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने कल्याणपुर नगरपालिका वडा नं १२ का मतदाता लोचन ठाकुरको ठम्याइ रहेको छ । त्यहाँ वडा अध्यक्ष रामदेव यादवको मृत्युपछि हुन लागेको उक्त चुनावमा तीन हजार २०० मतदाता रहेका छन् ।

प्रदेश नं २ मा हुने उपनिर्वाचनमा मतदाताले विकासलाई प्राथमिकता दिने उम्मेदवारलाई नै मत दिने अडान राखेको देखिन्छ । उपनिर्वाचनको मिति जतिजति नजिकिँदै छ त्यतित्यति चुनावी गतिविधि बढ्दै गएको छ । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी उपनिर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ ।

कात्तिक २२ गते, २०७६ - १५:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा विवाद राष्ट्र र पार्टीकालागि निकै चुनौती बनेको छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा...   

भक्तपुरमा उपनिर्वाचनः त्रिपक्षीय प्रतिस्पर्धा हुने, यी १० मतदानस्थल संवेदनशील

काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको...   

कार्यालय सहयोगी महिलालाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी...   

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवद्र्धन हुने विश्वास

कास्की । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका...   

भारतीयद्वारा रौतहटको प्रहरी कार्यालयमा बम प्रहार, एक प्रहरी जवान घाइते

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो बम विष्फोट हुँदा एक प्रहरी...   

काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो...   
बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...   
अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये...   
काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल...   

विकासमा सुशासनलाई उच्च प्राथमिकता – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top