Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

कञ्चनपुर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको सिमानासँग जोडिएको मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन अग्रसरता देखाएको छ ।

भारतले आफ्नो भूमि पर्ने क्षेत्रमा बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणका लागि सर्वे भएको करीब १८ वर्षपछि निार्माण कार्य शुरु गरेको हो ।

उसले सर्वे भएको ठाउँभन्दा केही मिटर दक्षिणतर्फ भारतले नहर निर्माणका लागि ठेक्का दिएर वन क्षेत्र खाली गराएर काम थालेको छ । एक दशकअघि सोही क्षेत्रको नेपाली भूमिबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल निर्माण थालेको थियो ।

करीब १३ किलोमिटर मूल नहर बने पनि शाखा नहर बनाउने र सिँचाइका लागि किसानको खेतमा पानी पु¥याउने योजना भने अझै नदेखिएको एक स्थानीय गगनसिंह कार्कीले बताए । यहाँस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले १८ महिनामा सक्ने गरी भारतीय पक्षले एक हजार २०० मिटर नहर र नहरको हेडरेगुलेटर निर्माणको थालनी गरेको बताए ।

एक हजार २०० मिटर भूमिमा वन परेकाले त्यहाँको स्वामित्व लिएर नहर खन्न भारतीय प्रक्रियागत कारणले ढिलाइ भएको भारतीय एनएचपिसीको भनाइ छ । यसअघि पनि भारतीय पक्षले नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रिया रद्द गरेको थियो ।

मटेनादेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहरको दोस्रो चरणमा हाल १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहे पनि निर्माणको गति भने सुस्त छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies