Khabar Dabali Logo
  November 12, Tue

रोड्रिगोको ह्याट्रिकमा रियलको गोल वर्षा, ६–० ले गालातासारे पराजित

स्पेन। ब्राजिलियन फरवार्ड रोड्रिगोले च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो ।

१८ वर्षीय खेलाडी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने राउल गोञ्जालेजपछि दोस्रो कम उमेरका खेलाडी बनेका छन् ।

ब्राजिलिन क्लबबाट स्पेन आइपुगेका रोड्रिगोलाई ‘नयाँ नेयमार’ पनि भन्ने गरिन्छ । ५ फिट ९ इन्च अग्ला युवा खेलाडीको उचाइँ पनि नेयमार जत्तिकै छ । रियल आएपछि क्लबका लागि सबै प्रतियोगितामा ६ खेलमा ५ गोल गरेका छन् ।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता लिाएका थिए भने सातौँ मिनेटमा अग्रता दोब्बर बनाए । योसँगै उनी च्याम्पियन्स लिगमा सबैभन्दा चाँडो दुई गोल गर्ने खेलाडी पनि बने ।

खेलको १४ औँ मिनेटमा कप्तान सर्जियो रमोशले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए भने करिम बेन्जेमाले पहिलो हाफ सकिन लाग्दा अर्को गोल थपे । गोलसँगे बेन्जेमाले लगातार १५ औँ च्याम्पियन्स लिगको सिजनमा गोल गर्न सफल भएका छन् । यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनका लियोनेल मेस्सीपछि दोस्रो खेलाडी हुन् । ३१ वर्षीय फ्रेन्च स्ट्राइकरले सन् २००५ मा लियोनबाट खेल्दा १७ वर्षको उमेरमा च्याम्पियन्स् लिगमा पहिलो गोल गरेका थिए । उनले हालसम्म ६१ गोल गरेका छन् र सबैभन्दा धेरै गोल गर्ने सूचीमा क्रिस्टियानो रोनाल्डो, मेस्सी, र राउलपछि चौथो स्थानमा रहेका छन् ।

दोस्रो हाफमा बेन्जेमाले अर्को गोल थपे भने इन्जुरी समयमा गोल गर्दै रोड्रिगोले आफ्नो ह्याट्रिक पूरा गरे ।

जीतपछि रियल ७ अंकसहित समूह ए को दोस्रो स्थानमा कायम रहेको छ ।

उता, समूहकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रगसलाई हराउँदै च्याम्यिन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।

माउरो इकार्डीले खेलमा निर्णायक गोल गरे भने । पीएसजीका गोलकिपर केलय नाभासले मायाबे डियाग्नेको पेनाल्टी प्रहार रोकेका थिए ।

१२ अंकसहित पीएसजी समूहको शीर्ष स्थानमा रहेको छ ।

कात्तिक २१ गते, २०७६ - ०९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालापानी हस्तक्षेप सम्बन्धि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको...   

विरगन्जस्थित रक्सोल नाका बन्द गर्न भारतीयको दबाब आयातकर्ताहरु तनावमा

काठमाडौं । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित...   

प्रधानमन्त्री ओलि र प्रचण्डबिच ‘वान टु वान ’ छलफल, सचिवालय बैठक बस्ने सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय...   
नेपाल राज्यविरुद्ध जासुस गर्ने विदेशी निगरानीमा

नेपाल राज्यविरुद्ध जासुस गर्ने विदेशी निगरानीमा

काठमाडौं । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे...   

कालापानी अतिक्रमण विवाद : हामीसँग बलिया प्रमाण छन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी...   

हेर्नुस, आजको राशिफल कस्तो छ ?

काठमाडौं । वि.सं.२०७६ साल कात्तिक २५ गते । सोमबार । ईश्वी सन् २०१९ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४०...   

कैदिहरु भन्छन् , ‘७ सय ग्राम चामल र ६० रुपैयाँमा दैनिकी धान्न गाह्रो’

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था...   

भन्सार नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरिने

काठमाडौं । नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने...   

नयाँ पम्प खोल्न प्राप्त आवेदनको मूल्याङ्कन सुरु

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको...   

दक्षिण एसियामै नेपाल प्रहरीको विशेष ब्युरो अब्बल

काठमाडौं । अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top