Khabar Dabali Logo
  November 12, Tue

आफ्नै ससुराले बुहारीलाई बोक्सी भन्दै डामेपछि…

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् ।

हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताएका छन् । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताए । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन्।

पूजा भागेर अहिले माइतीको शरणमा पुगेकि छिन् । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनको भनाइ छ । यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको दुःखेसो छ । सासूबाटसमेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखे । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाए । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।

कात्तिक २० गते, २०७६ - १४:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुलबुल आँधीको आतंक, २० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने...   

नेकपा केन्द्रीय आयोगले पायो पूर्णता, अनुशासन आयोगको अध्यक्षमा बोहरा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय निकायहरुको...   

अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

काठमाडौं । विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई सरकारले १५...   

वर्तमान दुइतिहाइ सरकारको अग्नी परिक्षा शुरु भयो : पशुपति शमशेर

भक्तपुर । राप्रपा प्रजातान्त्रीक अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको...   
सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

विराटनगर । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग...   
अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन...   

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी – मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन...   
भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कृतिम नदी बनाएर भारतले एकपक्षीय नक्सा जारी गरेको बताएका...   
बागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर, तर उम्मेदवारी फिर्ता भएन

बागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर, तर उम्मेदवारी फिर्ता भएन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले बागलुङमा उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर...   
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलबाट राजीनामा

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलबाट राजीनामा

सुदूरपश्चिम । आर्थिक अनियमितताको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top