Khabar Dabali Logo
  January 20, Mon

एमसिसीसंग पाँच विकेटले जित्न नेपाल

काठमाडौं । नेपाली सिनियर क्रिकेट टोलीले सोमबार इंग्ल्यान्डकोे मेरिलेवन क्रिकेट क्लब (एमसिसी)लाई पाँच विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको एमसिसी ३९.३ ओभरमा २०१ रनको योगफलमै रोकिएको थियो । नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यसअघि आइतबार एमसिसीसँग नेपाली यू–१९ ए टोलीले ३८ रनको पराजय बेहोरेको थियो । एमसिसीले अब बुधबार सिनियर टोलीसँग पहिलो श्रेणीको मान्यताप्राप्त तीन दिवसीय क्रिकेट खेल्नेछ ।

विनोद र पवनको बलियो साझेदारी
नेपालको जितमा विनोदसँगै पवन सर्राफले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । पवनले २५ बलमा नटआउट ३८ रन जोडे । विनोद र पवनले अविजित रहँदै ७० रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भयो । विकेटकिपर ब्याट्सम्यान विनोदले आफ्नो इनिङमना दुई छक्का र तीन चौका ठोके । पवनले दुई छक्का र चार चौका प्रहार गरेका थिए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले २४ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान २३ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । एमसिसीविरुद्धको खेलमा नेपाली टोली पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामीजस्ता महत्वपूर्ण खेलाडीविनै मैदानमा उत्रिएको थियो ।

पवनको अलराउन्ड प्रदर्शन
अनुभवी खेलाडी सम्मिलित एमसिसीविरुद्धको जितमा पवनले बलिङका क्रममा आठ ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । यसैगरी, ललितनारायण राजवंशीले पनि चार विकेट लिए । करण केसी र अभिनाश बोहराको नाममा एक–एक विकेट रह्यो । एमसिसीका ओपनर विल रोड्सले ५४ र अर्का ओपनर बिल्ली गोडलम्यानले ३८ बलमा ५२ रनको अर्धशतकीय योगदान दिए । रोड्सले पाँच चौका ठोके । गोडलम्यानले दुई छक्का र आठ चौका प्रहार गरे । त्यस्तै, विल भान्डस्पर्रले ३६ रन जोडे ।

जितबाट कप्तानी इनिङ
एमसिसीसँगको जितसँगै ज्ञानेन्द्रले आफ्नो कप्तानी इनिङ सुरु गरेका छन् । पूर्ण कप्तानको जिम्मेवारी पाएपछि ज्ञानेन्द्रको नेतृत्वमा नेपाली टोलीले खेलेको यो नै पहिलो खेल हो । नेपाल क्रिकेट संघ (क्यान)ले गत बुधबार मात्रै ज्ञानेन्द्रलाई पूर्ण कप्तानको जिम्मेवारी दिएको थियो । पछिल्लो एक दशक नेपाली टोलीको कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि क्यानले ज्ञानेन्द्रलाई जिम्मेवारी सुम्पिएको हो ।

पारस र सन्दीपले इमर्जिङ नखेल्ने

पूर्वकप्तान पारस र लेगस्पिनर सन्दीपले २८ कात्तिकदेखि ८ मंसिरसम्म बंगलादेशमा हुने एसियाली क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स एसियाकप नखेल्ने भएका छन् । उनीहरू छनोट भएको टी–१० लिगसँग मिति जुधेपछि पारस र सन्दीपले इमर्जिङ कप नखेल्ने भएका हुन् । यस सम्बन्धमा क्यानले समेत दुवैलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिइसकेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलाडीहरूले दिएको निवेदनअनुसार एनओसी दिइएको जनाए ।

‘हामीले इमर्जिङ कप खेल्ने निश्चित थिएन । पारस र सन्दीप टी–१० लिगका लागि छनोट भइसकेपछि मात्रै इमर्जिङ कप खेल्ने निश्चित भएको हो,’ सचिव प्याकुरेलले भने, ‘खेलाडीले राष्ट्रिय टोलीको खेल नभएको अवस्थामा आफूहरूले प्रशिक्षकको अनुमतिमा टी–१० लिगका लागि नाम दिएको बताएका छन् ।’ युएई नखेल्ने भएपछि इमर्जिङ कपमा नेपालले सहभागिताको अवसर पाएको हो । टी–१० लिग पनि २८ कात्तिकदेखि ९ मंसिरसम्म संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीमा आयोजना हुँदै छ । पारस टी–१० लिगअन्तर्गत आबुधाबी र सन्दीप कर्नाटका टस्कर्ससँग अनुबन्धित छन् ।

कात्तिक १९ गते, २०७६ - ०९:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   

आइतबार राति मोरङमा बम विष्फोट, तीन स्काभेटरमा क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ। निर्माणाधीन उर्लाबारी...   

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउन निर्णय गर्यो

काठमाडौँ । सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई उम्मेदवार...   

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं । सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक...   

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली...   

कालापानी क्षेत्रलाई सडकसँग जोड्न निर्माणलाई तीव्रता

काठमाडौं । कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट ­दार्चुला ­टिङ्कर सडक निर्माणलाई...   

स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल सरकार कार्यविभाजन नियमावलीले शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयलाई...   

तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

काठमाडौं । प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि...   

पशु निकासीमा चर्को कर, निकासी कर लिन ठाउँ–ठाउँमा ठेक्का

बैतडी । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top