Khabar Dabali Logo
  January 18, Sat

जसले मुर्खलाई महत्व दिन्छ उसलाई कहिल्यै पनि सफलता मिल्दैन : चाणक्य

काठमाडौं । कुनै समयमा भारत अलग–अलग राज्यमा विभाजित थियो । त्यस समय आचार्य चाणक्यले पुरै भारतलाई एक बनाएका थिए । र उनले चन्द्रगुप्त मौर्यलाई अखण्ड भारत वर्षको सम्राट पनि बनाएका थिए ।

चाणक्यले नीतिहरुको ग्रन्थ निर्माण गरेका थिए । जसलाई चाणक्य नीति भनिन्छ । त्यहि चाणक्य नीतिमा उल्लेख भएका कुराहरुलाई हामीले पालना गर्न सके हामी धेरै समस्याहरुबाट बच्न सक्छौं । अनि जीवनमा धेरै सफलता पनि पाउन सक्छौं । जानौं चाणक्यको एक नीति जसमा बताइएको छ मुर्खबाट किन टाढा रहनु पर्दछ ?

मुर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम् ।
दंपतोः कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

माथि उल्लेखित श्लोक चाणक्य नीतिको तेस्रो अध्यायभित्रको २१ औं श्लोक हो । यस श्लोकमा चाणक्य जुन ठाउँमा मुर्खको पुजा हुँदैन् त्यो ठाउँमा ज्ञानीको सम्मान हुने बताउँछन् । त्यहि ठाउँमा नै ज्ञानीको कुरालाई ध्यान दिइने उनको तर्क छ । ज्ञानीहरुको ठाउँमा धन–धान्य पनि पर्याप्त संग्रहित हुने र अन्नको एक दाना पनि व्यर्थ नजाने उनको भनाई छ ।

जुन घरमा पति/पत्निको बीचमा वाद–विवाद हुँदैन, सबै प्रेमसँग रहेका हुन्छन् त्यहाँ देवी देवताको पनि बास हुन्छ । त्यस्तो ठाउँमा सुख र समृद्धि पनि सदैव रहिरहेको हुन्छ । त्यस्तो घरमा सुख–शान्ती पनि प्राप्त हुन्छ ।

जुन मानिस मुर्खलाई पुजा गर्दछन् या मुर्खलाई महत्व दिन्छन् उनीहरुले कहिल्यै पनि सुख प्राप्त नगर्ने चाणक्यको तर्क छ । उनी त्यस्ता मानिसहरु सधैं नै दुःखी रहने पनि बताउँछन् । जहाँ धन–धान्यको अपमान गरिन्छ, कुनै पनि कुराको संग्रह गरिदैंन, जुन घरमा पति र पत्नी सदैव झगडा गरिरहन्छन् त्यस्तो घरमा लक्ष्मीको पनि बास हुँदैन् । त्यस्तो घरमा लक्ष्मीको कृपा नभएपछि गलत कामको कारण भएको धन–सम्पत्ति नष्ट हुन्छ ।

यसकारण मूर्ख मानिसको संगतबाट बच्नुपर्ने चाणक्यको बचन छ । थालमा खाना नछोड्ने परिवारमा प्रेम रहिरहन्छ । त्यस्तो परिवार सधै् सुखी हुन्छन् । यदि यी कुरामा ध्यान नदिए त्यो घरमा कहिल्यै पनि दुःखले छोड्दैन् ।

कात्तिक १८ गते, २०७६ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

काठमाडौं । विवादमा तानिएकी गायिका आस्था राउतले आफ्नो मात्रै गल्ती नभएको भन्दै फेसबुकमार्फत आफ्नो...   
भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

काठमाडौं । रुसको संसदले मिखाइल वी मिशुस्तिनलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको...   
३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

काठमाडौं । आफुँलाई नै जोगाउने बाबुबाट असुरक्षित हुन्छन् भने छोरी मान्छे कहाँबाट सुरक्षित हुने ? सुन्दा...   
के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

काठमाडौं । नेपाल सरकार र अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बीच भएको सम्झौता अहिले निकै...   
सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा छलफल...   

छात्रालाई प्रतिमहिना ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री राउतकाे घाेषणा

काठमाडाैं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा...   

राष्ट्रियसभा निर्वाचनकाे तयारी : सबै प्रदेशमा पुग्यो निर्वाचनको मतपत्र

काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको...   

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडाैं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो...   

एमसीसीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा, संसदबाट पारित गरे भण्डारफोर गर्ने चेतावनी

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवादित मिलिनियम च्यालेन्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top