Khabar Dabali Logo
  January 28, Tue

आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । 
 
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन पर्ने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।
 
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 
 
“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम छ, भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”–उनले भने । 
 
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
 
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । 
 
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष अघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
 
यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदैछन् ।

कात्तिक १२ गते, २०७६ - ०९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पादकहरुलाई कनकमणीको धम्कि –‘सभामुखको बिरोधमा सम्पादकिय नेलेखे लिष्ट बनाउँछु’

सम्पादकहरुलाई कनकमणीको धम्कि –‘सभामुखको बिरोधमा सम्पादकिय नेलेखे लिष्ट बनाउँछु’

काठमाडौं । आफुलाई मानवअधिकारकर्मी तथा पत्रकार भन्ने कनकमणी दिक्षितले एक ट्विट गर्दै सम्पादहरुले...   
निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

काठमाडौं । बिभिन्न बाधा र अड्चनबीच अन्ततः प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटाले...   

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटद्वरा सामुहिक राजीनामाको चेतावनी

काठमाडौं । सरकारको पूर्ण स्वमित्व रहेको नेपाल एयरलाईन्सका दुई दर्जन पाइलटहरुले सामुहिक राजनीनामाको...   

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top