Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

एजेन्सी । ब्रिटेनको पूर्वी शहर इसेक्समा एक लरी कन्टेनरभित्र ३९ शव फेला परेको छ । वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेज क्षेत्रमा रोकिराखेको लरीबाट ३९ शव भेटिएको हो । एक एम्बुलेन्स सेवाले प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

३९ शव फेला परेपछि हत्याको आंशकामा नोर्दन आयरल्याण्डका २५ वर्षीया लरी चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उक्त लरी बल्गेरिया एङगलसी हुँदै शनिबार ब्रिटेन छिरेको थियो । भेटिएको ३९ शवमध्ये ३८ बयस्क र एक किशोरको रहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले मृतकको पहिचान प्रयास गरिरहेका छन् । लरीचालकलाई घटनासँग सम्बन्ध भएको आंशकामा पक्राउ गरिएको र छानविन सुरु गरिएको जनाइएको छ ।

घटनाबाट स्तब्ध : जोनसन

घटनाप्रति ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले दुःख व्यक्त गरेका छन् । उनले आफुँ स्तब्ध भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया दिँदै जोनसनले घटनाबारे निरन्तर जानकारी लिईरहेको र सत्यतथ्य चाँडै पत्ता लाग्ने विश्वास देखाएका छन् ।

https://twitter.com/BorisJohnson/status/1186936670169587712

लोरी भएको क्षेत्रलाई पर्दाले ढाकियो

बीबीसीका संवाददाता रिचर्ड स्मिथका अनुसार लोरी ट्रक वाटरग्लेड औद्योगिक क्षेत्रमा भेटिएको हो । जुन क्षेत्रमा उत्पादन भएका सामानहरु भण्डारण गरिन्छ । अहिले उक्त इलाकामा प्रहरीले पुरै पर्दा लगाएर ढाकेको छ ।

\"लंदन

अनुसन्धानमा समस्या नहोस् भन्नका लागि त्यस क्षेत्रमा कसैलाई पनि जान नदिइएको जनाइएको छ । प्रहरीले घेरा हालेर राखेको छ ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शब ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला परेको थियो । त्यहाँ दुई जना जीवतै थिए । हत्या गरेको अभियोगमा त्यस समय उक्त लरी चालकलाई जेल सजायँ भएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies