Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

एजेन्सी । चीन नीतिबाट स्वतन्त्र लोकतन्त्रको माग गर्दै हङकङमा पछिल्लो १९ हप्तादेखि प्रदर्शन जारी छ । प्रदर्शनको सुरुवात शान्तिपूर्ण रुपले भएपनि पछिल्लो समय प्रदर्शन भड्किलो बन्दै गएको छ । प्रदर्शनकारीप्रति चीनले दमनको नीति लिएसँगै प्रदर्शन झन् भड्किलो बन्दै गएको हो ।

जानकारी अनुसार प्रदर्शन रोक्नको लागि चीनले अघोषित रुपमा सेना परिचालन गरेको छ । जसको विरुद्धमा हङकङका युवा अन्तिम लडाई भन्दै उग्र रुपमा प्रदर्शनमा सहभागी भएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार हङकङका अधिकांश युवा आफ्नो घरमा ‘विदाई चिठ्ठी’ लेख्दै निस्किका छन् । कतिपय प्रदर्शनमा सहभागी युवा आफ्नो साथमा चिठ्ठी सँगै लिएर आएका छन् । सञ्चार माध्यमका अनुसार प्रदर्शनका क्रममा यदि गिरफ्तारी या मृत्यु भए परिवारलाई चिठ्ठी पुग्ने युवाहरुको आश छ ।

\"हॉन्गकॉन्ग

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार पछिल्लो महिना भएको भएको प्रदर्शनमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई ताक्दै गोली वर्षाएका थिए । जसमा थुप्रै प्रदर्शनकारी घाईते भएका थिए । प्रदर्शनमा सुरक्षाकर्मीको दमन बढ्दै गएपछि प्रदर्शनमा सहभागी युवाले घरमा विदाईको चिठ्ठी लेख्दै आएका हुन् । प्रदर्शनमा सहभागी अधिकांश युवकले घरमा चिठ्ठी छोडेर आएका छन् । चिनियाँ भाषामा ‘वाई शू’ अर्थात् अन्तिम चिठ्ठी परिवार बुझाएर युवा आन्दोलनमा होमिएका हुन् ।

लोकतन्त्रको मागसँगै आक्रामक बन्यो प्रदर्शन

हङकङमा जारी प्रदर्शन गत जुन महिनादेखि आक्रामक बन्दै गएको हो । हङकङ सरकारले चीनको दबाबमा सुपुदर्गी विधेयक पेश गरेका थियो । विधेयकमा हङकङमा जुनसुकै मुद्दामा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानको लागि चीन लैजान सकिन्छ । जबकी यस पहिले हङकङले कुनैपनि दोषीलाई चीन पठाउने गर्दैनथ्यो ।

\"\"

यहि विधेयकको विरोधमा हङकङका नागरिक सडकमा निस्किएका थिए । हङकङका नागरिकले चीनले कानूनको गलत प्रयोग गर्ने भन्दै विरोध जनाएका थिए । दुई महिनासम्म प्रदर्शन भएपछि हङकङ सरकारले उक्त विधेयक फिर्ता लिन बाध्य भएको थियो ।

विधेयक फिर्तापछि लोकतन्त्रको माग

हङकङ सरकारले प्रदर्शन चर्किंदै गएपछि विधेयक त फिर्ता लियो तर प्रदर्शन भने झनै उग्र बन्दै गएको छ । प्रदर्शनकारीले हङकङलाई चीनबाट स्वतन्त्र बनाउनु पर्ने र पूर्ण लोकतन्त्रको बहाली गर्नुपर्ने माग गरेका छन् ।

\"The

प्रदर्शनप्रति पश्चिमी देशहरुले ऐक्यबद्धता जनाउँदै चीनलाई दबाब दिन थालेपछि चीन सरकारले भने दमनको नीति अख्तियार गरेको छ । चीन सरकारले विभाजनकारी सोंच आएको भन्दै पुरा हुन नदिने बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङफिङले नेपाल भ्रमणको बेला चीनमाथि विभाजनको लागि प्रयास गरिएको भन्दै विभाजनकारीलाई कुचलदिने चेतावनी दिएका थिए । उनले स्वतन्त्रताको वकालत गर्नेलाई देशबाट निकालि दिने चेतावनी दिएका छन् । उनले समर्थकको हड्डी तोडिदिने बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies