Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पार्टी अन्तरविरोधबारे प्रचण्डले मुख खोले, नयाँ सहमति भएको जनाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको अन्तरविरोधबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले अन्तरविरोध हल गर्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीसँग पुनः बेग्लै सहमति पनि गरेको खुलासा गरेका छन् ।

मंगलबार पाँचथर पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै पार्टी अन्तरविरोध हल गर्न सोमबार अर्का अध्यक्षसँग बृहत छलफल गरेको र नयाँ सहमित भएको खुलाएका हुन् । उनले पार्टी एकतापूर्व भएका सहमति कार्यान्वयन हुँदै आएको बताउँदै महाधिवेशनसम्म पुग्दा कार्यान्वयन भईसक्ने पनि विश्वास व्यक्त गरे ।

‘पार्टी एकताको बेलामा भएको सहमति कार्यान्वयन नभएको भए एकता यो बिन्दुसम्म आउनै सक्दैन् । मुलभूत रुपमा हामी सहमति कार्यान्वयन अगाडि बढिरहेका छौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् भन्ने विश्वासमा हामी छौं ।’

नयाँ सहमति भएको छ, भ्रममा पर्न आवश्यक छैन

अध्यक्ष प्रचण्डले मिडियामा आएजस्तो पार्टीभित्र ठुलै समस्या भईनसकेको बताएका छन् । उनले होहल्ला र प्रचारबाजीको भ्रममा नपर्न पनि अपिल गरेका छन् । प्रचण्डले देखिएका अन्तरविरोध हल गर्न नयाँ सहमति पनि भएको जनाए ।

‘मिडियामा आउने एक/दुईटा कुराले अलि ठुलै केहि पो छ कि भन्ने हो भने त्यो भ्रम हो । हिजो मात्रै पनि सम्माननीय प्रधानमन्त्री अध्यक्ष केपि ओली र म दुई घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लाने भनेर समिक्षा गरेका छौं ।’ प्रचण्डले भने, ‘एउटा समझदारीमा फेरि अगाडि जाने संकल्पसहित अगाडि आएका छौं । अरु होहल्ला र प्रचारबाजीको भ्रममा नपर्न अपिल गर्दछु ।’

मन्त्रिमण्डल पुर्नगठन ओलीको कोटमा

मन्त्रिमण्डल पुर्नगठन बारे चलेको चर्चाप्रति प्रतिक्रिया दिँदै प्रचण्डले आफुँलाई यस विषयमा नपार्न आग्रह गरेका छन् । उनले पुर्नगठनको विषय प्रधानमन्त्री ओलीको क्षेत्रधिकार भित्र रहेको भन्दै ओलीले नै चाहेको बेला पुर्नगठन हुने जनाए ।

‘पुर्नगनठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो, जतिबेला चाहनुहुन्छ त्यतिबेला मन्त्रिमण्डलको पुर्नगठन हुन्छ, जतिबेलासम्म चाहनुहुन्न त्यतिबेलासम्म हुँदैन् ।’ प्रचण्डले भने ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies