Khabar Dabali Logo
  November 19, Tue

नक्कली नोट छाप्ने उपकरणसहित बौद्धबाट तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो ।

घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिए । पक्राउ परेकाहरूबाट प्रहरीले रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान बरामद गरेको थियो । पक्राउ परेका व्यक्तिले उक्त उपकरणबाट हालसम्म कति नक्कली नोट छापे भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

कात्तिक ४ गते, २०७६ - १९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई...   
निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणका एक चर्चित पात्र खेम भण्डारीलाई प्रहरीले पक्राउ...   
प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई...   

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ – अध्यक्ष प्रचण्ड

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध...   
यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ। मंगलबार...   
विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा...   
खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top