Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन् । उनलाई आइतवार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि ५ दिनको म्याद थप्ने अनुमति दिएको छ ।

महरा प्रकरणले नेपाली राजनीतिक वृत्तलाई दुई भागमा विभाजित गरेको देखिन्छ । कतिपयले महरालाई दोषी देखाइरहेका छन् भने कतिपयले महरामाथि षड्यन्त्र भएको टिप्पणी गरिरहेका छन् ।

तत्कालीन माओवादीका प्रभावशाली नेता महरालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाहिने हातको रूपमा चिनिन्थ्यो । पार्टीको आन्तरिक र बाह्य व्यवस्थापनमा महराले खेलेको भूमिका उल्लेख्य छ ।

सभामुखका रूपमा पनि महरा त्यति धेरै विवादित थिएनन् । उनले संसद संचालनका क्रममा दुईतिहाइ बहुमतका साथ सत्तासीन रहेको नेकपालाई नै सहयोग गर्दै आइरहेका थिए ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका महरामाथि शुरू(शुरूमा नेकपाकै नेताहरूले केही टिप्पणी गर्न चाहेनन् तर अहिले परिस्थिति फेरिएको छ । उनी पक्राउ परेपछिका घटनाक्रमले उनी साँच्चिकै दोषी नभएर उनलाई फसाउँन खोजिएको तथ्य प्रष्ट पार्दै लागेको छ ।

घटनाक्रम नम्बर १ – अमेरिकी राजदूतको त्यो चलखेल
चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण अघि अमेरिकी राजदूतले आफ्नो सक्रियता ह्वात्तै बढाएका थिए ।

राजदूत र्‍याण्डी बेरीले असोज ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने ९ असोजमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । ९ असोजकै दिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए भने १० गते राजदूत बेरीले नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए ।

उनले नेताहरूलाई भेट्दा संसदबाट एमसीसी ९मिलेनियम च्यालेन्ज कर्पोरेसन० संसदबाट अनुमोदन नगरेको भन्दै महराप्रति असन्तुष्टि व्यक्त गरे । राजदूत बेरीले नेताहरूसँग महराको कुरा मात्र काटेनन्, चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डको बीचमा भएको कुराकानीमा पनि असन्तुष्टि जनाए । प्रचण्डले चिनियाँ विदेशमन्त्री यीसँग ‘नेपाल तथाकथित इन्डो प्यासिफिक रणनीतिलाई खारेज गर्छ’ भनेका थिए ।

स्रोतका अनुसार असोज ११ गते अमेरिकी दूतावासमा कांग्रेस र नेकपाका केही नेताहरूलाई राजदूत बेरीले अनौपचारिक भेटघाट भन्दै बोलाएका थिए । शीर्ष नेताहरूलाई आफैं भेट्दै हिंडेका राजदूत बेरीले दोस्रो तहका नेताहरूलाई दूतावासमै बोलाए । अनौपचारिक भेटमा के कुरा भयो भन्नेबारेमा कसैले केही नखुलाए पनि छलफल एमसीसी र महराकेन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।

महरामाथि असोज १३ गते यौन दुर्व्यवहारको आरोप लाग्यो ।

घटनाक्रम नम्बर २ – रोशनी शाहीको बदलिएको बयान र प्रहरीको उदासीनता

असोज १२ गते साँझ महरा रोशनी शाहीको कोठामा गएर बलात्कार प्रयास गरेको समाचार असोज १३ गते सञ्चारमाध्यमहरूले छापे । नेपाली कांग्रेसनिकट प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी संचालक रहेको हाम्राकुरा डट कमले रोशनीको बयानसहित तत्कालीन सभामुख महरामाथि बलात्कारको आरोप लगाउँदै साँझ ७ बजेर ३० मिनेट जाँदा समाचार प्रकाशित गर्यो ।

हाम्राकुरा भन्दा केही अगाडि अनलाइनखबरले पनि सोही समाचार प्रकाशित गरेको थियो । अनलाइनखबरले समाचार ब्रेक त गर्यो तर प्राथमिकतामा राखेन ।

त्यसलगत्तै भोलिपल्ट अर्को अनलाइन नागरिकखबरले रोशनी शाहीको अनुहारसहित अर्को भिडियो प्रकाशित गर्यो । जसमा शाहीले महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको र अघिल्लो दिन जबर्जस्ती आफ्नो अन्तर्वार्ता लिइएको बताइन् । त्यसयता शाहीले महराको पक्षमा बोल्दै आइरहेकी छिन् ।

आइतवार पनि शाही महरा निर्दोष हो भन्दै अदालत पुगिन् । तर उनीपट्टी कसैले ध्यान दिन जरुरी ठानेन । आइतवारै एक दैनिक पत्रिका अन्नपूर्ण पोष्टको अनलाइन समाचारलाई अन्तर्वार्ता दिँदै शाहीले त्यतिबेला आफू डिप्रेसनमा परेर १०० नम्बरमा फोन गरेको त्यसपछि केही थाहा नभएको बताइन् ।

शाहीले यसरी बयान किन फेरिन भनेर प्रहरीले अनुसन्धान अघि बढाउन खोजेको छैन । न त शाहीको बिग्रिएको मानसिक अवस्थाको चेकजाँच नै भएको छ । महरामाथि आरोप लागिसकेपछि शाहीको फेसबुक अर्कैले चलाएको पुष्टि भइसकेको छ तर त्यो व्यक्ति को हो भन्नेतिर अनुसन्धान सोझिएको छैन ।

अनुसन्धान हुनुपर्ने विषयतर्फ प्रहरी केन्द्रित नभएको नेकपाका कतिपय नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

घटनाक्रम ३ – कांग्रेसका केही नेताहरूलाई थाहा थियो महराको आउजाउ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही नेताहरूलाई महरा रोशनी बस्ने तीनकुनेस्थित डेरामा आउजाउ रहेको पहिल्यैदेखि थाहा रहेको स्रोत बताउँछ । विशेष गरेर विमलेन्द्र निधिले यो विषयलाई नजिकबाट हेरिरहेका थिए ।

महरा रोशनीको घरमा आउजाउ किन गर्थे भन्ने तथ्य पुष्टि भइसकेको छ । मानसिक रूपमा विक्षिप्त रोशनीसँग निकै पुरानो पारिवारिक सम्बन्ध थियो महराको । आफ्नै परिवारको सदस्य जस्तो मानेर महरासँग कहिले कहिले झगडा पनि गर्ने गरेको स्वयम् शाहीले सञ्चारमाध्यमहरूलाई बताइसकेकी छिन् ।

असोज १२ गतेपनि महरा रोशनीको डेरामा पुगेका थिए । तर उनी बलात्कार गर्नैका लागि पुगेका थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । महरानिकट स्रोतले बताए अनुसार रोशनीको चेकअपसमेत महराकै अग्रसरतामा हुने गर्थ्यो । महराले रोशनीलाई पटक पटक औषधि खान सम्झाइरहन्थे ।

त्यो दिन रोशनीको डेरामा भेटिएको भनिएको रक्सीको बोतल त्यहीँ थियो या महराले लिएर गएका थिए भन्ने कुराको स्वतन्त्र पुष्टि अहिलेसम्म हुन सकेको छैन ।

रोशनीलाई महराको कमजोरी बनाउन सकिन्छ भन्ने विषयमा कांग्रेसका केही नेताहरू विश्वस्त थिए । उनीहरू महरालाई ‘तह’ लगाउन उपयुक्त समयको खोजीमा देखिन्थे । कुन मुद्दामा महरालाई साइड लगाउने भन्ने त्यतिबेला निर्क्यौल भयो, जतिबेला अमेरिकी राजदूत बेरीले आफ्नो सक्रियता बढाए ।

घटनाक्रम ४ - महरा रोशनीको सम्बन्धबारे ओली पनि जानकार !

असोज १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्यो । बैठकमा धेरै कुरा हुन पाएन । प्रधानमन्त्री ओलीले महराले राजीनामा दिनुपर्ने भन्दै आफ्नो भनाई राखे । प्रायः सदस्यहरूले हुन्छ भने । एकाध चुप रहे ।

ओलीले अघिल्लै दिन साँझ प्रहरीबाट ब्रिफिङ लिइसकेका थिए । प्रहरी स्रोतले महरा रोशनीको डेरामा पुगेको पुष्टि गरेपछि प्रचण्डलाई फोन गरे ओलीले । प्रचण्डले केही समय मागे र आफू निकटका नेताहरूसँग परामर्श गरे ।

भोलिपल्ट बिहानै बालुवाटारमा पुगेका प्रचण्डलाई ओलीले धाराप्रवाह महराको बारेमा भनेका कुराले प्रचण्डलाई तनाव बनायो । यति ठूलो आरोप लागेका महराको बचाउमा लाग्ने हो भने ब्याकफायर हुने देखेर राजीनामा दिन लगाउने र प्रहरीलाई थप अनुसन्धान गर्न दिने पक्षमा प्रचण्ड देखिए ।

प्रहरीले ओलीलाई महरा रोशनीको घरमा पुगेको तर यौन दुर्व्यवहार नगरेको देखिएको ब्रिफिङ गरेका थिए ।

त्यसपछि बसेको सचिवालय बैठकले महरालाई राजिनामा दिन लगाउने निर्णय गर्यो । राजीनामा नै कारवाही भएकाले थप कारवाही गर्न नहुने पक्षमा प्रचण्ड देखिन्थे । महरालाई अष्टमीको दिन गिरफ्तार गराउन ओलीले आदेश नै दिएका थिए ।

यी सबै घटनाक्रमले महराको गतिविधिबारे ओलीले पहिल्यैदेखि चासो दिने गरेको संकेत गर्छ ।

घटनाक्रम ५ - ओलीले ढिलो गरी दिएको त्यो क्लू

शनिवार प्रकाशित एक दैनिक पत्रिका कान्तिपुरमा ओलीको अन्तर्वार्ता छापियो । कान्तिपुरका सम्पादक सुधीर शर्माले लिएको उक्त अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले निकै खुलेर कुरा गरेका छन् ।

एमसीसी संसदबाट किन अनुमोदन हुन नसकेको भन्ने प्रश्नमा ओली भन्छन्, ‘त्यसमा तत्कालीन सभामुखजी (कृष्णबहादुर महरा) ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो ।’

ओलीले महरालाई कसैले उक्साएको हुनसक्ने बताए । ‘कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ,’ ओलीले भने, ‘त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो ।’

ओलीले महरालाई एमसीसी संसदबाट अनुमोदन हुन नदिएको आरोपले महरालाई बलीको बोको बनाइएको थप प्रष्ट हुन्छ ।

घटनाक्रम ६ – एमसीसीलाई यसरी रोकेका थिए महराले

नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायतालाई २०७५ को माघको अन्तिम साता बसेको बैठकले अनुमोदन गर्यो । उक्त बैठकले अर्थमन्त्रालयलाई प्रतिनिधिसभाबाट उक्त अनुदान सहायता अनुमोदन गर्न स्वीकृति दिएलगत्तै अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव पेश गरे ।

खतिवडाले गत असारमा उक्त प्रस्ताव पेश गरेका थिए । तर त्यसलाई तत्कालीन सभामुख महराले कार्यव्यवस्था परामर्श समितिको बैठकमै लगेनन् ।

अर्थमन्त्रालयका एक अधिकारीले खबरडबलीसँग भने, ‘चीनले अघि सारेको रणनीति बेल्ट एण्ड रोड अन्तर्गतका दर्जनौं आयोजनाहरू अर्थमन्त्रालयमा अलपत्र थिए, तर हामीले संसदमा पेश गर्न भनेर रातारात एमसीसी अनुदान सहायताको प्रस्ताव तयार गर्यौं । त्यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमै पुगेन । अनि संसदमा प्रस्तुत हुन सकेन ।’

चीनले अघि सारेको अवधारणा बीआरआईको पक्षमा देखिएजस्तो गरेर राखेर इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसीसी अनुदान सहायतालाई औपचारिक रूपमा वैधता दिने भित्री चलखेल सरकारले पहिल्यैदेखि गर्दै आएको प्रष्ट देखिन्छ ।

‘एमसीसीलाई संसदबाट अनुमोदन गरेको भए सम्भवतः चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि सर्न सक्थ्यो,’ नेकपाका पूर्व माओवादी पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘इन्डोप्यासिफिक रणनीति चीन घेर्ने रणनीति हो । उक्त रणनीति अन्तर्गतको अनुदान सहायता नेपालको संसदबाट नै अनुमोदन भएको भए नेपालको पोजिसन खुल्थ्यो र चीनका राष्ट्रपति शीले नेपाललाई प्राथमिकता दिने सम्भावना हुने थिएन ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies