Khabar Dabali Logo
  July 5, Sun

बजारबाट फर्केकि भाेजपुरकि कल्पना राईको विभत्स हत्या

भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

कात्तिक ३ गते, २०७६ - ११:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ह्वात्तै बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित, एक हप्तामा थप एक हजार ३९३ सङ्क्रमित

धनगडी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।...   

प्रचण्डसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न, गौतम र श्रेष्ठ पनि शितलनिवासमै

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल शितलनिवास...   

भारी बर्षाको कारण झोलुङ्गे पुलमाथि नदी बग्न थाल्यो, आवतजावतमा समस्या

बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल...   

बाँदर धपाउन गाउँपालिकाद्वारा ९० थान बन्दुक वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको...   

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा...   

धारिलो हतियार प्रहार गरी छिमेकिको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट...   

क्वारेन्टिनमा रहेका युवाको मृत्यु

बागलुङ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२...   

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७...   

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका...   
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन्। राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top