Khabar Dabali Logo
  November 22, Fri

नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

कञ्चनपुर । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् ।

तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।”

नेपाल भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए । गस्तीमा सशस्त्र प्रहरी बल बर्डर आउट पोष्टका ११ जवान, इप्रका बेलौरीका ११ जवान भारतको तर्फबाट एसएसबीका कमलापुरी कम्पनीका प्रहरी निरीक्षक भेरजी सोधाको कमाण्डमा रहेका छ जना र एसएसबीका शारदापुरी कम्पनीका प्रहरी नायब निरीक्षक सन्दीपकुमारसहित चार जनाको टोलीले संयुक्त गस्तीको कार्यमा सहभागिता जनाएको छ ।

कात्तिक ३ गते, २०७६ - १६:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनियक्त मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने

नवनियक्त मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको...   

प्रहरीद्धारा १८ जिहादी मारिए

बुर्किन फासो । बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन्...   

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५०...   

बिहिबार बिहान ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकि

थाइल्याण्ड । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका...   
नवनियुक्त महिलामन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण

नवनियुक्त महिलामन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा...   
सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिएका...   

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

सिन्धुली । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा...   
कास्कीमा उपनिर्वाचनः यसकारण परिणाम काँग्रेसको पक्षमा

कास्कीमा उपनिर्वाचनः यसकारण परिणाम काँग्रेसको पक्षमा

कास्की । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका...   

गोरखामा बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई धर्नामा

काठमाडौं । बूढीगण्डकी पीडितलाई मुआव्जाको माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रशासन...   
श्रीलङ्काको प्रधानमन्त्रीमा राष्ट्रपतिकाे भाई महिन्दा राजापाक्षे

श्रीलङ्काको प्रधानमन्त्रीमा राष्ट्रपतिकाे भाई महिन्दा राजापाक्षे

श्रीलङ्का । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top