Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो।

आजको नागरिक दैनिकमा खबर छ–एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए। त्यसयता दाहाल–पोखरेल सम्बन्ध मधुर बनेको छ। दसैं सकिएलगत्तै दाहाल पोखरेल निवास धापासी पुगेका थिए। दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए। पोखरेल–दाहाल भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेल निवास पुगेका थिए।

पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित छ। समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्वएमाले समूह पनि असन्तुष्ट देखिन्छ। आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनिरहेको छ। यसै सेरोफेरोमा दाहालले पोखरेलसँग भेटघाट गरेका हुन्। दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए। नेपाल–गौतमबीच ‘धोका’ को राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो।

दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै निवासमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका छन्।
गौतमले पार्टी अध्यक्ष ओलीले आफूलाई प्रस्तावित उपाध्यक्ष भनेको तर स्थायी कमिटीको बैठक बोलाएर अहिलेसम्म अनुमोदन नगराएको भन्दै दुखेसो पोखेका थिए। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भदौमा सिंगापुर उपचारमा जानुअघि दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए। दाहालले त्यसक्रममा एउटा सचिवालयको बैठकसमेत राखेर अन्तरपार्टी निर्देशन जारी गर्ने र केन्द्रीय सदस्यहरू थप गर्ने निर्णय गराएका थिए। दाहालले त्यसपछि पार्टी आफूले र सरकार ओलीले सञ्चालन गर्ने सहमति भएको दाबी गर्दै आफूनिकट नेताहरूलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका थिए। तर सिंगापुरबाट फर्केर आएपछि ओलीले दाहाललाई त्यस्तो कुनै मौकै दिएनन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा पनि पोलिटब्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लागेको छैन। ओली सिंगापुरमा हुँदा यी विषयलाई टुंगो लगाउने गरी दाहालको सक्रियता बढेको थियो। सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायत काम भने सम्पन्न भइसकेको अवस्थामा पार्टीले यसअघि नै तय गरेका सातै प्रदेशमा पार्टी एकताको सन्देश दिनेगरी कार्यक्रम गर्नेगरी अध्यक्ष दाहाल अघि बढ्ने तयारी गरिरहेका थिए।

एकता सन्देशको कार्यक्रम गत चैतबाटै सुरु गर्ने तयारी भए पनि एकीकरण प्रक्रिया नटुंगिएकाले रोकिएको थियो। ‘दाहालले पार्टी सञ्चालन गर्न पाउनुपर्ने वा प्रधानमन्त्री पाउनुपर्ने माग गरिरहेका बेला स्वास्थ्योपचारका क्रममा सिंगापुर जानुअघि ओलीले दाहाललाई बैठक सञ्चालन गर्ने अधिकार दिएर मख्ख पारेका थिए। अहिले अधिकारविहीनजस्तै भएपछि धोका भएको महसुस गरेका हुन्,’ दाहालनिकट एक नेताले भने। ती नेताका अनुसार सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री पोखरेलसँग दाहालले भेट गर्नुको अर्थ आफ्नो सन्देश ओलीसम्म पुगोस् भन्ने ने हो।

दाहाल–पोखरेल भेटघाटमा सरकारमा रहेका केही मन्त्री हटाउने विषयमा पनि छलफल भएको थियो। दाहालले केही मन्त्रीका कारण सरकारको काम राम्रो हुन नसकेको भन्दै प्रधानमन्त्रीले केही मन्त्री परिवर्तन गर्ने विषयमा आफूसँग छलफल गरिरहेको जानकारी पोखरेललाई गराएका थिए। ‘उनले मन्त्री परिवर्तनदेखि पार्टी एकीकरण तथा दुवै अध्यक्षबीच भएको समझदारीको विषयमा समेत कुराकानी गरे,’ पोखरेलनिकट स्रोतले भन्यो। पोखरेलनिकट स्रोतका अनुसार दुवै नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो। छोरी गंगा दाहाललाई साथमा लिएर धापासी गएका दाहालले पोखरेल परिवारसँग आपसमा पारिवारिक फोटो खिचेर आत्मीयता साटेका थिए।

सातै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने र जिल्ला तहसम्म एकताको सन्देश दिने काम आफूमार्फत नै होस् भन्ने चाहेकाले पनि पार्टीमा कार्यकारी अधिकारसहितको अध्यक्ष आवश्यक रहेको दाहालको दाबी छ। पोखरेलमार्फत आफू कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष हुने पूर्वसहमति भएको स्पष्ट सन्देश दाहालले दिन खोजेको एक नेताले बताए। ‘एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको टुंगो लगाउने विषयमै केन्द्रित भई अध्यक्ष दाहालले सक्रियता बढाउन खोजेका हुन् तर ओलीले यो अधिकार प्रयोग गर्न दिन सक्ने अवस्था देखिँदैन,’ ती नेताले भने। स्रोतका अनुसार दाहालले पोखरेलसँग भेटेपछि नेता नेपालसँग पनिकुराकानी गरेका थिए। तर नेपालले कुराचाहिँ सुनेको तर कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies