धनगडी । कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा(वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै रु तीन करोड मूल्य बराबरको क्षति पुगेको छ ।
सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा ३४९ हेक्टरमा गरिएको गरिमा र सिन्दुरी जातको धानखेतीमा बाला नलाग्दा एक हजार २०० कृषकले क्षति व्यहोरेको जानकारी दिए।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको नेतृत्वको कृषि प्राविधिकको टोलीले हालै बाला नलागेको धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको थियो । “धानमा बाला नलाग्नुमा कहीँ न कहीँ बदमासी देखिएको छ, प्रवक्ता शर्माले भने, कहीँ धान फलेको र कहीँ नफलेको देखिन्छ ।”
यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीनितादेवी चौधरीको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकले कृषि प्राविधिक टोलीद्वारा बाला लाग्न नसकेको विषयमा गरिएको अध्ययनको विषयमा छलफल गरिएको छ । बैठकमा आवश्यक छानबिन गरी सम्बन्धित बीउ विक्रेता र उत्पादन गर्नेमार्फत पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सङ्घीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकमा मन्त्री चौधरीले यो विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीडित किसानलाई क्षतिपूर्ति दिन पहल गरिने बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: