Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

चीन भ्रमण अत्यन्तै फलदायी - मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन् । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर कसीले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराए ।

चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सिचुवान अन्तरराष्ट्रियमैत्री शहरहरूको सम्मेलनमा भाग लिन असोज २७ गते चीन भ्रमणमा जानुभएका मुख्यमन्त्री पोखरेल शुक्रबार स्वदेश फर्कको हो ।

विश्वका ३२ देशका ४३ प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको चर्चा गरेका थिए । राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआई एक विश्वव्यापी अभियान भएको, यसमा आवद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ सम्भावनाहरू खोज्न लाभदायक हुने विचार उनले व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उद्घाटनसत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दूतावास खोल्ने बताए । सम्मेलनपश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश नं ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।

त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धजन्मस्थल लुम्बिनीलगायतका पर्यटकीयस्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणका लागि निमन्त्रणा गरेका थिए । प्रदेश नं ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्जलगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उनले सिधा उडानले बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताए। मुख्यमन्त्रीले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीयस्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिएका थिए । पाँचदिने भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी भएका थिए ।

त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफलसमेत भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा विशेषगरी बिआरआईअन्तर्गत पर्यटन, जडीबुटी, उद्योग, आइटी र छात्रवृत्ति आदानप्रदान गर्ने विषयमा भएको थियो । चिनियाँ मोडलको औद्योगिकग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नं ५ ले सिक्न सक्ने सम्भावनाका विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी, नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीे पोखरेलले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र सम्भावना तथा नेइजियाङ शहरसितको सहकार्यका विषयमा चर्चा गरका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies