Khabar Dabali Logo
  June 4, Thu

अबदेखि बसपार्कमा यात्रुलाई ताने पाँच सय जरिवाना

वीरेन्द्रनगर । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ ।

वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो । नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुको साथै नगरको बस पार्किङ व्यवस्थापन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम उक्त कार्यविधि निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताए । कार्यविधिअनुसार बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनको लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ ।

त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्कभित्र टा«फिक नियमपालना नगरेमा रु एक हजार जरिवाना तिर्नुपर्ने भएको छ । साथै गल्ती दोहोरिएमा दोब्बर जरिवाना बुझाउनुपर्नेछ । कार्यविधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । लामो दूरीमा चल्ने ठूला सवारीसाधनको लागि रु १००, लामो दूरीमा चल्ने साना सवारीसाधन र छोटो दूरीमा चल्ने ठूला सवारीसाधनको रु ५० र छोटो दूरीमा चल्ने साना सवारीसाधन रु ३० प्रवेश शुल्क निर्धारण गरिएको छ । बसपार्कमा रात बिताउनुपर्ने बसको रु २०० र माइक्रो बसको रु १५० शुल्क निर्धारण गरिएको छ ।

बसपार्कको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै बसपार्कलाई सही ढङ्गबाट व्यवस्थापन गरी नगरको सौन्दर्य वृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको हो । बसपार्क व्यवस्थापन तथा अनुगमन गर्नको लागि नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

कार्यविधिअनुसार बसबाहेकका अन्य सवारीसाधनलाई बसपार्कभित्र प्रवेशमा निषेध गर्नुको साथै नगरपालिकाबाट स्वीकृत रकमभन्दा बढी भाडा लिन नपाइने भएको छ । छ महीना अघि वीरेन्द्रनगर नगरपालिकामा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क लामो समयदेखि सञ्चालनमा आएको थिएन । बसपार्क सञ्चालनमा नआउँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्दै आइरहेका थिए । बसपार्क निर्माणको काम सकिए पनि प्राविधिक कारणले हस्तान्तरण गर्न ढिलाइ भएको नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बताए । पहिलो पटक छ महीना म्याद थप गरेको कम्पनीले दोस्रोपटक एक वर्षको म्याद थपेको थियो । नगर विकास कोषबाट रु छ करोड ५९ लाखमा ऋण लिएर नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।

कात्तिक १ गते, २०७६ - १२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

कास्की । गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको...   

अप्रिल महिनामा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

वासिङ्टन । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको...   

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको...   

कोरोना सङ्क्रमण भएका अधिकांश सङ्क्रमितको लक्षणनै देखिएको छैन !

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई...   

मृतक बाबुको पिसिआर रिपोर्ट नआउँदा छोराले किरिया गर्न पाएनन् !

सल्यान । जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको...   

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

रुकुम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८,...   

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top