Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि विश्वभर छरिएर रहेका नेपाली मूलका विदेशी नागरिकहरू काठमाडौँमा छन् । मंगलवारदेखि शुरू भएको सम्मेलनमा प्रतिनिधिहरूले देखाएको व्यवहार ‘जंगली’ र अस्वाभाविक भएको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि र आलोचनाका स्वरहरू तीव्र भएर आएका छन् ।

एनआरएनलाई पहिला विदेशमा बस्ने नेपालीहरूको प्रतिनिधि गर्ने संस्थाको रूपमा लिइने गरिन्थ्यो । सन् २००३ मा गैर(राजनीतिक संगठनका रूपमा एनआरएनको स्थापना भएको थियो । तर त्यतिबेलाको एनआरएनको चरित्र बदलिएर स्वार्थकेन्द्रित र पार्टी केन्द्रित धनाढ्यहरूको संगठन बनेको छ ।

प्रत्येक २-२ वर्षमा हुने एनआरएनको विश्व सम्मेलनका लागि नेपाली नागरिकता त्यागेर विदेशमै घरजम गरेकाहरू नेपाल आउने गर्छन् । विदेश बसेर नेपाल, नेपाली जनता र राजनीतिक नेतृत्वका बारेमा तिखो टिप्पणी गर्नेहरू अहिले धेरैको नजरमा ‘असभ्य’ र ‘जंगली’ बनेका छन् । यसको कारण उनीहरूले काठमाडौँस्थित एक पाँचतारे होटेलमा देखाएको अस्वाभाविक हर्कत नै हो ।

विमानस्थलमै तोडफोड
एनआरएन सम्मेलनमा भाग लिन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले विमानस्थलमा तोडफोड गरे । तोडफोडमा थापालाई सहयोग गर्ने अर्की प्रतिनिधि थिइन् उषाकिरण वरिया ।
अध्यागमनले उनीहरूलाई प्रक्रिया पुर्याएर पर्यटक भिसा दिने क्रममा ढिलो भएको भन्दै काउन्टर तोडफोडमा उत्रिएका थिए उनीहरू । उनीहरूलाई अध्यागमनका कर्मचारीहरूले प्रहरीको जिम्मा लगाए । अध्यागमन विभागले थापालाई ५० हजार र वरियालाई २५ हजार जरिवाना लिएर छोडेको थियो ।

यसअघि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर हिँडेका एनआरएनएका अध्यक्ष भवन भट्टललाई विमानस्थलबाटै फर्काइएको थियो । गत भदौ ७ गते राति सिल्क एयरको जहाजबाट सिंगापुर जान लागेका भट्ट र उनका सहयोगी सनद न्यौपानेले अत्यधिक मदिरा पिएर विमानमै होहल्ला गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फर्काइदिएको थियो ।
मदिरा पिएर लठ्ठ भएको अवस्थामा सिल्क एयर, विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीलाई दव्र्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भट्टलाई प्रहरीले जहाज चढ्न लागेको अवस्थामा फर्काइदिएको थियो ।

ह्यात होटेलमा कुर्ची तोडफोड
सम्मेलनस्थल रहेको ह्यात होटेलमा संगठनका अध्यक्षका प्रत्यासी रहेका कुमार पन्त र कूल आचार्यपक्षीय प्रतिनिधिहरू एकआपसमा लडाईं झगडाको स्तरमा उत्रिए । मंगलवारदेखि नै प्रतिनिधिहरूको यस्तो हर्कत देखेपछि व्यापक मात्रामा सुरक्षाकर्मीहरूको परिचालन गरिएको थियो ।

ह्यात होटेलको परिसरमा नाराबाजी र गालीगलौज बढ्दै गयो । विभिन्न देशमा पुगेर सभ्य संस्कृति सिकेर आएका भनिएकाहरू नै तल्लो स्तरको क्रियाकलापमा उत्रेपछि आम नेपाली नागरिकहरूले उनीहरूलाई सामाजिक सञ्जालमा ‘वनकालीका बाँदर’को उपमासमेत दिन भ्याए ।

सरकारको समेत लगानी रहेको ह्यात होटेलमा भएको सम्मेलनका लागि भनेर सरकारले लाखौँ चन्दास्वरूप दिएको छ । बुधवार शुरू भएको चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै प्रतिनिधिहरू तोडफोडमा उत्रिए । दर्जनौं कुर्चीहरू भाँचिएका छन् भने सुरक्षाकर्मीहरूले बल प्रयोग गरेर नियन्त्रणमा लिनुपरेको थियो ।

हुलदंगा भएपछि बुधवारको चुनाव स्थगित भयो । बिहीवार बिहान शुरू भएको मतदान पनि होहल्लाकै कारण स्थगित भएको थियो ।

कांग्रेस भर्सेज नेकपा
एनआरएनको सम्मेलन स्पष्ट रूपमा दुई धारमा विभाजित भएको थियो । विशुद्ध गैर(राजनीतिक रूपमा स्थापना भएको संगठन भएतापनि यसपालिको सम्मेलन दुईपार्टीबीचको लडाईं जस्तो देखियो ।

अध्यक्षका एक दावेदार कुमार पन्तलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको समर्थन रहेको र अर्का दाबेदार कूल आचार्यलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको समर्थन रहेको प्रचार गरिएको थियो । कतिपय नेताहरू त सामाजिक संजालमा भोट माग्न पनि व्यस्त देखिए ।

पछिल्लो समयमा एनआरएन नेपालका नेता पाल्ने संगठनका रूपमा चिनिएको थियो । २०७४ सालमा सम्पन्न स्थानीय प्रदेश र संघीय निर्वाचनमा एनआरएनका प्रतिनिधिहरूले विदेशबाटै भोट मागेका थिए भने लाखौँ सहयोग पनि गरेका थिए । त्यही सहयोगको प्रभावले हुनसक्छ, एनआरएन अहिले पार्टीविशेषको भएको छ । एनआरएनलाई दुहुनो गाई बनाउने काम पनि नेपालका विभिन्न दलका नेताहरूले गरेका छन् ।

एनआरएनका कतिपय प्रतिनिधिहरू नेपाली राजनीतिक पार्टीका विदेशस्थित सम्पर्क समितिमा पनि रहेका छन् । उताबाट पैसा उठाउने र यता पठाउने समन्वय गर्ने कतिपय गैर(नेपालीहरू अहिले प्रतिनिधिका रूपमा काठमाडौँमा आएका छन् ।

पत्रकारलाई भेदभाव
सम्मेलनको तयारी पूर्व नै कतिपयले सामाजिक सञ्जाल र विभिन्न समाचार साइटमा आफ्नो पक्षमा समाचार बनाउन पत्रकारहरूलाई नै भाडामा लिएर राखेको चर्चा भएको थियो । सम्मेलन शुरू भएदेखि नै पत्रकारहरूमाथि भेदभाव शुरू भयो । आफ्ना पक्षका पत्रकारलाई भित्र जान दिने र अर्को पक्षका पत्रकारहरूलाई रोक्ने काम अध्यक्षका दुवै प्रत्यासी पक्षले गरे ।

उसो त मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दा नै पत्रकारहरूलाई व्यवस्थित ढंगले राख्ने व्यवस्था गरिएन । मिडिया व्यवस्थापनमा बेवास्ता गरेका कारण रिपोर्टिङका लागि पुगेका धेरै पत्रकारहरु सम्मेलनमा स्थलमा प्रवेश गर्न पाएनन् । सम्मेलन उद्घाटन सत्र चल्दै गर्दा उम्मेदवारहरु भने भोट माग्नमै व्यस्त थिए ।

उम्मेद्वारबाट उठाउने करोडौं रकम कहाँ जान्छ ?
एनआरएनको दुईवर्षे कार्यकाल रहने अध्यक्षका लागि उम्मेदवार दर्ता शुल्क १० लाख रुपैयाँ वा १० हजार डलर छ । उपाध्यक्ष र महासचिवका लागि उम्मेदवारले ६ लाख तिर्नुपर्छ भने कोषाध्यक्ष र सचिवका लागि ५ लाख तोकिएको छ । यसपाली ७५ जना उम्मेदवारहरू मध्ये ४२ जना नयाँ कार्यकालका पदाधिकारीहरू चुनिनेछन् ।

यतिमात्र होइन, एनआरएन बन्न आवेदकहरूले तिर्नुपर्ने शूल्क पनि कहाँ जान्छ अत्तोपत्तो छैन । अध्यक्षका प्रत्यासीले उम्मेद्वारी शूल्क बुझाउनुपर्ने १० लाखको स्रोत के हो त्यो पनि कहीं छानबिन भएको देखिन्न । औसत वार्षिक आय १ हजार डलर मात्र रहेका नेपाली नागरिकहरूका लागि १० हजार डलर आधा जिन्दगीको कमाई हो ।

एनआरएन सम्मेलनले दिएको संदेश
सामाजिक सञ्जालमा हेर्ने हो भने एनआरएनका प्रतिनिधिहरूले अस्वाभाविक र जंगली स्वाभाव देखाएको भन्दै आलोचना गर्नेहरूको कमी छैन । एनआरएनलाई कतिपयले ‘नन रिक्वायर्ड नेपाली’ भनेर पनि टिप्पणी गरेका छन् ।

सम्मेलनमा प्रतिनिधिहरूले देखाएको व्यवहारबाट एउटा कुरा के पुष्टि हुन्छ भने, धन हुँदैमा र अंग्रेजी बोल्न जान्दैमा सबै सभ्य हुन्छन् भन्ने हुँदैन । वर्षौंदेखि तथाकथित सभ्य देशमा बसेर नेपालीहरूलाई सभ्यताको पाठ सिकाउनेहरूले काठमाडौँमा गरेको हुलहुज्जत भ्रत्सनायोग्य मात्र होइन, कारवाहीयोग्य पनि छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies